धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ। आज (आइतबार) बजेट पारित भएको हो। ३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो। छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए। तर आइतबार भने बजेट बहुमतले पारित भयो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरेका थिए।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीमा चक्कुले आफ्नै घाँटी काटेर एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको जानकी गाउँपालिका–३ बस्ने ५० वर्षीय नरबहादुर ओडले आफ्नै घाँटीमा चक्कुले काटेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले मानसिक सन्तुलन ठीक नभएका ओडले शनिबार बिहान चक्कुले आफ्नै घाँटी र हातमा काटेको बताए। गम्भीर घाइते भएका ओडलाई तत्कालै टीकापुर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर रेफर गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा आत्माहत्याको प्रयास गरेकी एक युवतीको उद्दार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ ओलानी बस्ने २२ वर्षीया कविता साउँदले आत्माहत्या…
धनगढी : सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफल चलिरहेको छ। भदौं ३१ गते आएको साढे ३१ अर्व बढीको बजेटमाथि छलफल भईरहेको हो। छलफलकै क्रममा राप्रपाकी प्रदेश सभा सांसद खेमादेवी विष्टले सरकारलाई चोर भनेपछि एमाले सांसद धर्मराज पाठकले नियमापत्ती जनाएका छन्। ‘कहि नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै असार १ गते सदनमा प्रस्तुत हुने र असार ३१ गतेभित्रै पास हुने बजेटमाथि हामी असोजमा आएर छलफल गरिरहेका छौं। यो बजेट कहाँबाट आयो, कसरी आयो ? सरकारलाई बताई दिन आग्रह गर्दछु’ बजेट माथिको छलफलका क्रममा प्रदेश सभा विष्टले भनिन्। यती मात्रै होईन, उनले प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि चोर र कमिशनखोर रहेको आरोप पनि…
धनगढी: नेकपा माओवादी सांसद अक्कल बहादुर रावलले पहाडमा छुटै प्रदेशको माग गरेका छन्। सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटले सन्तुलन गुमाएको भन्दै पहाडका जिल्ला मिलाएर छुटै प्रदेशको माग गरेका हुन्। ‘कैलाली कञ्चनपुरको छुटै राज्य बनाउनुहोस्, जुन थारुहरूको पनि माग छ। अब पहाडको पनि छुटै राज्य चाहिन्छ’ उनले भने ‘पहाडका कुना काप्चामा विकास गर्न कति पैसा लाग्छ। त्यहाँ पनि विकास चाहिन्छ नागरिकलाई। अब हामीले बोल्नुपर्ने हुन्छ। कैलाली कञ्चनपुरमा सरकार एकै हुने पहाडमा बजेट चाहिँदैन ? विकास चाहिँदैन ? मन्त्री भएपछि आफ्नो क्षेत्र बाहेक अरू नहेर्ने ?’
धनगढी: धनगढीमा लागुऔषधसहित २ युवती समातिएकी छन्। हिजो धनगढी उप-महानगरपालिका वडा नं. ०८ धनगढीगाँउबाट २ युवती समातिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको टोलीले उनीहरूलाई समातेको हो। पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका वडा नं. ०८ बस्ने वर्ष २७ की राममति राना र वर्ष २२ की करिना राना रहेका छन्। उनीहरूलाई शंका लागि चेकजाँच गर्दा शुद्ध तौल १ ग्राम ७० मिलिग्राम खैरो हिरोईन बरामद भएको थियो। अहिले उनीहरूलाई कैलाली प्रहरी कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ।
काठमाडौं: बाँकेमा जुवातास ह्वात्तै बढेको पाइएको छ। जिल्लाको कोहलपुर क्षेत्रमा दशैं सुरु नहुँदै जुवाखाल बढेको पाइएको हो। अहिले सो क्षेत्रमा दैनिक एक करोडसम्म हारजित हुने जुवाखाल सञ्चालन भइरहेको बताइन्छ। त्यसमा प्रहरीले पनि सेटिङ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार कोहलपुर प्रहरीले सेटिङमा जुवाखाल चल्न दिएको हो। स्रोतका अनुसार जुवा खेलाउनेमा उमेशजंग ठकुरी, शिशिर गिरी, चिन्तन शाह, राजु शाही, कृष्णराज बंशी लगायतले ठूला जुवा चलाउँदै आएका छन्। उनीहरुले होटल तथा भाडामा घरमा जुवा खेलाउने गरेका छन्। जुवामा इप्रका कोहलपुरका घुमुवाहरु इन्द्रबहादुर शाही, जितेन्द्र केसी देवकोटा, मानबहादुर हमाल लगायतसँग सेटिङ रहेको स्रोत बताउँछ। उनीहरुले जुवा खेलाउनेबाट लाइन खाने गरेको बुझिएको छ। जुवाखालमा…
डोटीः डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो। उनी घरदेखि कैलालीको सहजपुर जाने क्रममा जोरायल–४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन्। उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा करेन्ट लागेर बालककाे मृत्यु भएको छ। जिल्लाकाे चुरे गाउँपालिका-१ शिवनगर बस्ने पाँच वर्षीय आकाश क्षेत्रीकाे करेन्ट लागेर मृत्युु भएकाे प्रहरीले जनाएको छ। क्षेत्रीलाई घरमा काेही नभएका बेला खेल्ने क्रममा पानी तान्ने माेटरले करेन्ट लाग्दा घाइते भएका थिए। उनकाे निसर्गमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका…
बझाङः बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ फिट २ इन्च लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित पक्राउ गरेको हो। साथै उनको साथबाट खैरो रंगको दाँत, र पञ्जा समेत फेला पारेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
धनगढी: कैलालीको अत्तरियास्थित एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–२ रीङरोडस्थित बैतडी–पुर्चौडी होटलको कोठा नम्बर १०४ मा एक जना मृत अवस्थामा फेला परेका हुन्। डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार होटलभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। यस्तै कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको सोही नगरपालिका–११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो। माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान…
काठमाडौं: प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका एक जना पक्राउ परेका छन्। प्रहरीको सई हुँ भन्दै मान्छे पक्राउ गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले गोविन्द श्रेष्ठलाई पक्राउ गरेको हो। ठगी आरोपमा पूर्वकार्यालय सहयोगी तथा नक्कली सई खोटाङको जन्तेढुंगा गाउँपालिका–३ घर भइ काठमाडौं बस्दै आएका २९ वर्षीय गोविन्द श्रेष्ठलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ। उनले चेक बाउन्स मुद्दाका फरार प्रतिवादी सरिता तामाङलाई पक्राउ गरिदिने भन्दै १५ हजार रुपैयाँ लिएर ठगी गरेको खुलेको छ। श्रेष्ठले आफू नेपाल प्रहरीको सई भएको बताउँदै तामाङलाई पक्राउ गरिदिने र त्यसका लागि १५ हजार चाहिने भन्दै ठगी गरेको…