Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो । तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन । आन्तरिक छलफलअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।

Read More

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमै छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि सत्तारुढ दलहरूले छलफलका लागि कांग्रेसलाई बोलाएका थिए । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।

Read More

काठमाडौं  : सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौंको गेटमा काठमाडौं महानगरले फोहोर थुपारेपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् । शनिबार साँझ महानगरले डिभिजन कार्यालयअगाडि फोहोर फालेको थियो । महानगरले अगाडि बढाएको काममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ठाडो आदेशमा काम रोकिएकाले ‘धुलो उपहार पठाएको’ महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत बताएका थिए । यता, महानगरले गेट अगाडि फोहोर फालेपछि सडक डिभिजन प्रतिवादमा उत्रिएको छ । शनिबार राति विज्ञप्ति जारी गर्दै काठमाण्डौ महानगरको कदमलाई अराजक व्यवहार भनेको छ । विभागको अनुमतिबिना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले स्पष्टीकरण दिएको छ…

Read More

धनगढी : बझाङमा एक पुरुष मृत फेला परेका छन्। बित्थडचिर गाउँपालिका-४ का ४५ वर्षीय रामबहादुर बोहरा आज बिहान मृत फेला परेका हुन्। शनिवार साँझ घर परिवार सँगै खाना खाएर आफ्नै घरको कोठामा सुतेको बोहरा आज बिहान मृत फेला परेका हुन् । अबेर सम्म नउठेपछि कोठामा गई उठाउन खोज्दा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ब्यापक चन्द्र शाहले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भईरहेको सूचना अधिकारी शाहले बताए। 

Read More

धनगढी : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले शनिबार धनगढीमा प्रदर्शन गरेको छ । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनिहरुले राके जुलुससहितको प्रदर्शन गरेका हुन । नेविसंघ कैलालीलेको आयोजनामा सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा विभिन्न माग राख्दै नारा लगाएका थिए । सहकारी ठगलाई कारबाही गर, गिरिबन्धु प्रकरणको छानबिन गर, प्रेस स्वतन्त्रताको रक्षा गर जस्ता नाराहरु लगाएका थिए । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै आधारमा सरकारले आतङ्ककारी शैलीमा गिरफ्तार गरेको बिरोधमा मसाल जुलुस र कोण सभा आयोजना गरिएको बताइएको छ।

Read More

धनगढी : गर्मीमा घामले गर्दा छालामा धेरै समस्या देखापर्छन्। चर्को घामले छाला डढ्ने, मेकअप बग्ने, पसिना बढी आउने, चिलाउनेलगायत अनेकन समस्या पनि देखापर्छन्। गर्मीले सबैभन्दा बढी असर महिलाहरूको मेकअपमा पार्छ। गर्मी मौसममा मेकअप धेरै समयसम्म टिक्न गाह्रो हुन्छ। केही कुरामा ध्यान राख्न सके गर्मीबाट हुने समस्याबाट जोगिन सकिन्छ। गर्मी मौसममा छालाको स्याहार गर्न गाह्रो हुन्छ। पसिनाले गर्दा छाला चिपचिप हुने र मेकअप पनि धेरै समयसम्म नटिक्ने हुन्छ। तैलीय छाला भएकोले गर्मीमा झन् समस्या भोग्नुपर्छ। यस्तो समस्याबाट जोगिन सकेसम्म पूरा बाहुला भएको पहिरन लगाउनुपर्र्छ। यसले शरीरको देखिने भागलाई घामबाट डढ्नबाट जोगाउँछ। गर्मीमा सेतो वा हल्का रङका पहिरनको प्रयोग उचित हुन्छ। त्यससँग…

Read More

काठमाडौं : चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका शनिवारदेखि खुलेका छन् । शनिवार एक कार्यक्रमका बीच संखुवासभाको किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलेको घोषणा गरिएको हो । कोरोनाका कारण २०७६ माघ ५ देखि बन्द रहेका नाका पाँच वर्षपछि एकैसाथ खुलेका हुन् । नाका खुलेसँगै परराष्टमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले संखुवासभाको किमाथांका हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्रसम्म पुगेर अवलोकन गरेका छन् । त्यहाँका उपाध्यक्ष सिलाङ निमा र परराष्टमन्त्री श्रेष्ठले एक समारोहकाबीच शनिबार १४ वटै व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले १४ वटै नाका खुल्ने घोषणा शनिवार एकै साथ भएको बताए । तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसंग बोल्दै मन्त्री श्रेष्ठले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीबिच भेटवार्ता भएको छ । भेटवार्तामा प्रदेशको अवस्था , नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो । शुक्रवार कैलाली पुगेकी मन्त्री चौधरीले शनिवार प्रदेश प्रमुखसँग भेटवार्ता गरेकी हुन् । शनिवार कञ्चनपुर र कैलालीका कार्यक्रम सकेर प्रदेश प्रमुखसँग भेट गर्न उनी पुगेकी थिइन् । प्रदेश प्रमुख मियाँसँग मन्त्री चौधरीसहित पूर्व मन्त्री तथा निर्वतमान सांसद नारदमुनी राना, निवर्तमान सांसद निरुदेबी पाल, प्रदेश सभा सदस्य तथा एमाले संसदीय दलको उपनेता सन्तोष शर्मा थापा लगायतको टोलीले भेटवार्ता गरेको थियो । ‘यहाँको कार्यकालसम्म सुदूरपश्चिम प्रदेशमा संवृद्धि सुशासन र…

Read More

काठमाडौं : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ । शनिवार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा सो सहमति जुटेको हो । यद्यपि शिर्ष नेताहरुको बैठकपछि मात्रै अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बन्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । उनका अनुसार बैठक आज नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शिर्ष नेताहरुको बैठकपछि मात्रै संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने बताए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विगत लामो समय यता उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन…

Read More