Author: महेन्द्रनगर पोष्ट

कंचनपुर : कञ्चनपुरको महाकाली नदीमा ट्याक्टरसहित थुनिएका मजदुर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डीएसपी उमेश जोशीले अहिले पानीको बहाव घटेपछि मजदुरहरू फर्किएको बताए । ‘नदीको बहाव बढेपछि नदीजन्य पदार्थ संकलन लागि गएका १४ ट्याक्टरसहित करिब २८–३० जना मजदुर थुनिएका थिए,’ डीएसपी जोशीले भने, ‘अहिले सबै फर्किन लागिसक्नुभयो ।’ बुधबार साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेकाहरू फसेका थिए । त्यहाँ पनि उनीहरू सुरक्षित छन् भन्ने खबर प्राप्त भएको उनले बताए । फसेकाहरू राति उतै बसे पनि बिहान पानीको बहाव कम भएसँगै फर्किएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

Read More

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। नयाँ सरकार गठनका लागि खापुङले वैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन्। प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न उनले भनेका छन्। सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री कार्कीले मंगलबार राति १२ बजेसम्ममा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेपछि प्रदेश…

Read More

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने कार्यसूची रहेको छ । भोलिदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। यसैकारण सरकारले वैशाख ३ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो। शुक्रबार शुरु हुने अधिवेशनमा पनि आफ्ना माग जोडदार रूपमा उठाउने कांग्रेसले जनाएको छ।

Read More

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा पञ्जाव किंग्सले ११ खेलमा केवल ४ खेल मात्र जितेर ८ अंकसहित आठौँ स्थानमा छ । पञ्जावले यस सिजनमा अहिलेसम्म ७ खेलमा हार बेहोरेको छ ।त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले पनि ११ खेलमा ४ खेल जितेको छ र ७ खेलमा हार बेहोरेको छ ।

Read More

काठमाडौं : नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीका कारण देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा साथै बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि…

Read More

काठमाडौं : नेपाल प्रहरीका २६ प्रहरी जवान सहायक हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फका प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ र अन्यतर्फका प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम ९४० अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । cn_6767_and_6768_tech_pc_to_ahc_20810126Download

Read More

धनगढी : नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् । सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्। सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् । सूची ! cha_6769_inspDownload

Read More

धनगढी : कैलालीको एक सुधार केन्द्रमा युवकको मृत्यु प्रकरणमा सञ्चालकसहित १७ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएपछि अुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्याल सुखडले जनाएको छ । अरु १५ जना भने सुधार केन्द्रमा राखिएका व्यक्तिहरु हुन् । सुधार केन्द्रले शाहीले भाग्नका लागि एक तले भवनको छतबाट बुधबार राति हाम फालेको दाबी गरिएको छ । मृतकका परिवारले घटना शंकास्पद रहेको जिकिर गरे । शाहीलाई उनका…

Read More

धनगढी : त्रिदेशीय सीमा क्षेत्रमा अनुगमन भ्रमण गर्न पुगेका गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरुसँग व्यास क्षेत्रका स्थानीयबासीले पैदलबाटो सञ्चालनमा ल्याउन माग गरेका छन् । सुरक्षाकर्मीहरुले समेत भारतीय भूमि र बाटो प्रयोग गर्नुपरिरहेको अवस्थाको अन्त्य गर्न उनीहरुको आग्रह छ । हेलिकोप्टरमा आज बिहान छाङरुको गागा पुगेका गृहसचिव एकनारायण अर्यालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग स्थानीयले पैदल बाटोको माग प्रमुखताका साथ उठाएका छन् । तीन वर्षअघि स्थापना गरिएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छाङ्रु र गतवर्षदेखि सञ्चालन गरिएको तिंकर बिओपी तथा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरु निरीक्षण गर्न उच्च सुरक्षा अधिकारीहरु त्यहाँ पुगेका हुन् । आधा…

Read More

धनगढी : कञ्चनपुरका रुसी सेनामा कार्यरत एक सैनिकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बिराजन बिष्टको मृत्यु भएको हो । उनी नेपाली सेनाको जागिर छोडेर रुसी सेनामा गएका थिए । बिष्ट अन्त्यष्टी भोली २७ गते हुने पारिवारिक स्रोतले जनाएको छ ।

Read More