कंचनपुर : कञ्चनपुरको महाकाली नदीमा ट्याक्टरसहित थुनिएका मजदुर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डीएसपी उमेश जोशीले अहिले पानीको बहाव घटेपछि मजदुरहरू फर्किएको बताए ।
‘नदीको बहाव बढेपछि नदीजन्य पदार्थ संकलन लागि गएका १४ ट्याक्टरसहित करिब २८–३० जना मजदुर थुनिएका थिए,’ डीएसपी जोशीले भने, ‘अहिले सबै फर्किन लागिसक्नुभयो ।’
बुधबार साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेकाहरू फसेका थिए । त्यहाँ पनि उनीहरू सुरक्षित छन् भन्ने खबर प्राप्त भएको उनले बताए ।
फसेकाहरू राति उतै बसे पनि बिहान पानीको बहाव कम भएसँगै फर्किएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
Facebook Comments Box