Author: महेन्द्रनगर पोष्ट

काठमाण्डौ : गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले थप क्षति पुर्‍याउन सक्ने जोखिम छ । बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाटलगायतका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।

Read More

कैलाली : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन ।निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए । नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेका थिए । अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन् । रन्जिता श्रेष्ठले अवैधानिक ठहर गरेको बैठकमा नै…

Read More

हेटौंडा। टिपरले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार एकजना पुरुषको मृत्यु भएको छ । हेटौंडा-१० बसपार्कमा भएको दुर्घटनामा हेटौडा ११ थानाभर्याङका ५५ वर्षका भीमबहादुर विडारीको मृत्यु भएको हो । हेटौंडाको कर्रातर्फ बाट बसपार्क तर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ३५११ नं को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र.२-०३-००१ ख ६८५४ नं. टिफरले ठक्कर दिँदा स्कुटर चालक बिडारी घाइते भएका थिए । हेटौंडाको चुरेहिल अस्पताल उपचार संभव नभएपछि उपचारको लागि चितवन लगिएको र उनको भरतपुरको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Read More

काठमाडौं : भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। शनिबार दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिका– ४ साङदह स्थित पलासे घर भई साङदह मामा घरमा पढ्न बसेकी कबिराज बस्नेतको छोरी वर्ष १४ की चयन बस्नेत घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै झाडीमा चितुवाले चिथोरी घाइते भएकी थिइन्। उनलाई उद्धार गरी थप उपचारका लागि टेकु अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

Read More

आज मिति २०८० साल वैशाख ९ गते आईतवार तदअनुसार अप्रिल २१ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको त्रयोदशि तिथी । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त…

Read More

काठमाडौं : इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमका परियोजना अधिकृत राम बहादुर बोगटी दोसल्ला, सम्मानपत्र र नगद रकमसहित सम्मानित भएका छन्। इम्प्याक्ट नेपालले आज आफ्नो २८ औं वार्षिक साधारण सभामा प्रशासन क्षेत्रको उत्कृष्ट कर्मचारीको रूपमा प्रोजेक्ट अधिकृत राम बहादुर बोगटीलाई सम्मान गरेको हो। विभिन्न समाजिक संघसंस्था र समाजसेवामा आबद्ध बोगटी विगत ५ बर्षदेखी इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया शाखामा २ वर्ष लेखापाल हुँदै हाल प्रोजेक्ट अधिकृतका रुपमा कार्यरत छन्। काठमाडौंको धुम्बाराहीस्थित रोयल छाप्रो रेस्ट्रो एन्ड इभेन्टमा सम्पन्न उक्त साधारणसभामा कानको घुम्ती शल्यक्रिया शिबिरमा योगदान पुर्याउनु हुने त्रिभुवन शिक्षण अस्पताल काठमाडौका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.…

Read More

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू९भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू९भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू९भागमा आंशिक बदली रहि देशका बाँकी भु९भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू९भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।…

Read More

काठमाडौँ : नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची समेत रहेको छ । पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो। परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ । तत्कालीन महासचिव…

Read More

महेन्द्रनगर: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकामा प्रधान कार्यालय रहेको नमस्ते शुक्लाफाटा यातायात प्रालिको अध्यक्षमा सुरेश खड्का चयन भएका छन्। आज (शनिबार) खड्काको नेतृत्वमा नयाँ समिति चयन भएको हो। तत्कालीन उपाध्यक्ष रहेका खड्का अहिले अध्यक्ष बनेका हुन्। पछिल्लोसमय आरामदायी सुविधासहितका बस तथा यातायातका साधन सञ्चालनमा ल्याएको उक्त प्रालिले गुणस्तरीय सेवा प्रवाह गर्दै आएको दाबी गरेको छ। चौथो साधारण सभाबाट खड्का नेतृत्वको समिति बनेको हो।

Read More

धनगढी: जुवाको हटस्पट मानिने कैलालीको अत्तरियामा जुवाखाल बढेको बढ्यै रहेको पाइएको छ। पछिल्लोसमय विभिन्न होटल, रेस्टुरेन्ट तथा पसलहरुसहित जंगलमा समेत जुवा हुने गरेको पाइएको छ। जुवा र जुवाडेको बिगबिगी भैरहेका बेला प्रहरीले सक्रियता देखाएको छ। आज (शनिबार) मात्र अत्तरियाबाट एक लाख ५५ हजार २ सय नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। उनीहरू अत्तरियास्थित रेडसन प्लाजाको दोस्रो तलाको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा समातिएका हुन्। उनीहरूको साथबाट एक लाख ५५ हजार २ सय नगद, ५ प्याकेट (गड्डी) तास, एनएमबी बैंकको तीन थान खाली चेकसमेत बरामद गरिएको मालाखेती प्रहरीले बताएको छ। तर जुवाडेहरुको पहिचान भने प्रहरीले लुकाएको छ।

Read More