धनगढी: धनगढीमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न भएको छ। नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा सामाजिक विकास मन्त्रालयको सभाहलमा बैठक सम्पन्न भएको हो।
प्रदेश आयुक्त नरेन्द्र थापाका अनुसार नेपाल स्काउट नियमावली २०७७ संशोधन २०८० को परिच्छेद-५ को दफा ९ बमोजिम नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्काउट परिषदको प्रथम बैठक आज सम्पन्न भएको हो।
जसमा सामाजिक विकास मन्त्री तथा प्रदेश प्रमुख स्काउट मेघराज खड्काको अध्यक्षता थियो। यस्तै बैठकबाट नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापाको उपाध्यक्षतामा प्रदेश स्काउट परिषद् गठन सम्पन्न भएको छ।
उक्त प्रदेश परिषद् बैठकमा सामाजिक मन्त्रालयका उपसचिव गणेश सिह, सामाजिक मन्त्रालयका निजी स्वकीय सचिव झपट ढुङ्गाना, निजि सचिव महेन्द्र साउँद, नेपाली सेनाका सेनानी (मेजर) श्री विपेन आचार्य, सशस्त्र प्रहरी बल नेपालका एसपी दलबहादुर पाण्डे, नेपाल प्रहरीका एसपी राजिव बहादुर बस्नेत लगायतको उपस्थिति थियो।
यस्तै बैठकले कार्यकारी परिषद गठन गरी बार्षिक कार्यक्रम बजेट तथा कार्यक्रम पारित गरेको छ।