महेन्द्रनगर: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकामा प्रधान कार्यालय रहेको नमस्ते शुक्लाफाटा यातायात प्रालिको अध्यक्षमा सुरेश खड्का चयन भएका छन्। आज (शनिबार) खड्काको नेतृत्वमा नयाँ समिति चयन भएको हो।
तत्कालीन उपाध्यक्ष रहेका खड्का अहिले अध्यक्ष बनेका हुन्। पछिल्लोसमय आरामदायी सुविधासहितका बस तथा यातायातका साधन सञ्चालनमा ल्याएको उक्त प्रालिले गुणस्तरीय सेवा प्रवाह गर्दै आएको दाबी गरेको छ। चौथो साधारण सभाबाट खड्का नेतृत्वको समिति बनेको हो।
Facebook Comments Box