धनगढी: बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं –१ रीमको आड गाउँमा विद्युत विस्तार भएको छ। स्थानीय युवाहरुको सक्रियता र नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको सहयोगमा गाउँमा बिजुली बलेको स्थानीय समेत रहेका ज्योतिष डिल्लीराज जोशीले बताए।
लामो समयपछि गाउँमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयहरु खुसी भएका छन्। नेपाल विद्युत प्राधिकरणको विद्युत विस्तार गर्ने योजना अनुसार आड गाउँमा बिजुली पुगेको हो। गाउँमा विद्युत विस्तार भएपछि अहिले २० घरधुरीमा बिजुली बलेको स्थानीय समेत रहेका अधिवक्ता भिष्म जोशीले बताए। उनले भने ‘गाउँमा लामो समयपछि विद्युत विस्तार भएपछि स्थानीयबासिन्दाहरु खुसी भएका छौं। विद्युत विस्तार भएपछि अन्धकारबाट मुक्त भएका छौं।’
अठोला पञ्चाङ्गको केन्द्रीय कार्यालय समेत रहेको आड गाउँमा बिजुली बत्ती पुगेको हो।
Facebook Comments Box