Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएकाे छ। मुख्यमन्त्री साेडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेकाे थिए तर एमालेले साेडारीले हतार गरेकाे भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाकाे बैठक बाेलाएका थिए । शुक्रबार विश्वासको मत नदिने अडान लिएकाे एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शिर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं गइरहेका छन् । श्रीएयरलाइन्सकाे विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गइरहेको बताए ।…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने गरि प्रदेशसभा बैठक आजको लागि बोलाइएको छ । यस अघि शुक्रबार बोलाइएको बैठक मुख्यमन्त्री सोडारीको अनुरोधमा आजको लागि सारिएको हो । आज बैठक साढे ५ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको शुक्रबारको बैठक नै स्थगित हुन पुगेको थियो । पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ भने रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् । सत्तारुढ माओवादी केन्द्रले भने…

Read More

काठमाडौं : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए । उनले भने,“डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।” आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उनले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिए । कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताए । उनले देशका सबै पालिकालाई…

Read More

काठमाडौँ : अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।  वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । 

Read More

काठमाडौं : वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ। यद्यपि नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० ३–१ ले गुमाइसकेको छ। श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय हात पार्‍यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा २८ रनले पराजित हुँदै नेपालले वेष्ट इण्डिजलाई सिरिज सुम्पिएको हो। आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो। विश्वकप जुन १ देखि २९ तारिखसम्म…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली  रहेको  छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत…

Read More

अत्तरिया- डोटीको आदर्श गाउँपालिका-४ भुवाँका करन विष्टको भारतमा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय विष्ट बिहीवार आफ्नै कोठामा मृत फेला परेका उनको पारिवारिक स्रोतले बताएको छ । उनी रोजगारीको सिलसिलामा भारतको केरलामा रहेका थिए । मृत्युको कारण भने नखुलेको उनका आफन्तले बताएका छन् ।

Read More

डडेल्धुरा : डडेल्धुराको अमरगढी किल्लादेखि खप्तडसम्मका लागि अन्तर्राष्ट्रियस्तरको साइकल यात्रा सुरु भएको छ । सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको प्रायोजन तथा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमोसन प्रालिको आयोजनामा साइकल यात्रा सुरु भएको हो ।  साइकल यात्राको एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहरालगायतले शुभारम्भ गरे । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख बोहराका अनुसार ऐतिहासिक पर्यटकीयस्थल अमरगढी किल्लादेखि सुरु भएको साइकल यात्रा धर्तीको स्वर्गका रुपमा चिनिएको खप्तडको त्रिवेणी धामसम्म…

Read More

बझाङ : बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। केदारस्युँ गापालिका वडा नम्बर ८ का ३१ वर्षीय मदन धामीको भिरबाट लडेर मृत्यु भएको हो। मृत धामी बिहीबार साँझ घरबाट निस्केका र साझँसम्म घर नफर्किएपछि आफन्तहरुले खोजतलास गर्दा शुक्रबार बिहान चडेपानी भिरबाट खसेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ ।

Read More

धनगढीः एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ। मन्त्रिपरिषद्को हिजोको बैठकले उक्त दरको नोटमा रहेको यसअघिको बुच्चे नक्सा हटाएर नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको छ। २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि यो वर्षदेखि छापिने नयाँ नोटमा उक्त व्यवस्था गर्न लागिएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ एक सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राख्न लागिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। उक्त नोटको अग्र भागमा एक दशक अघिदेखि लुम्बिनीको अशोक स्तम्भ पनि राख्न…

Read More