धनगढी : हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए। कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्। प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्। ‘१२ दिनसम्म उनको अवस्था ठीकठाकै थियो। परिवारले पनि राम्रो हेरचाह गरेको थियो। सोमबार बिहान उनको स्वास्थ्य अचानक बिग्रियो,’ मृतकका दाजु कर्णबहादुरले भने। अन्शुलाई सोमबार बिहान अचानक गाह्रो भएर छिटोछिटो सास फेर्न थालेको कर्णबहादुरले बताए । ‘हिजो बिहान नुवाइधुवाइ गर्छु भनेर पधेँरामा गएकी रहिछन्। नुहाएर फर्किएपछि सासूआमालाई टाउको दुख्यो,…
Author: महेन्द्रनगर पोष्ट
अछाम: अछामको बान्नीगढी गाउँपालिकामा गज्जवको रमिता देखिएको छ । गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले दोहोरो सुविधा लिएको तथ्य सार्वजनिक भएको छ । गाउँपालिकाबाट उनले सवारी साधनसंगै सवारी भाडासमेत लिने गरेको खुलेको हो। गाउँपालिकाबाट खरिद गरिएको सरकारी स्कुटर,सरकारी तेल,स्कुटर मर्मत लगायतको सुविधामा मात्रै बार्षिक लाख बढी खर्च हुने गरेको स्रोतले बताएको छ। स्थानीय जनप्रतिनिधिको सेवा सुविधासम्वन्धी सुदूरपश्चिम प्रदेश सरकारको कानुनअनुसार गाउँपालिका उपाध्यक्षले मासिक यातायात सुविधाबापत ९ हजार पाउने हो। तर उनले कानुनलाई चुनौती दिँदै सवारी साधनसंगै यातायात सुविधा लिइरहेकी छन्। उनलाई दोहोरो सुविधा बापतको रकम भुक्तानीम लेखा अधिकृत नारदप्रसाद खनालले सहयोग गर्दै आएको बताइएको छ। राजनीतिक आस्था नमिलेका कर्मचारी र जनप्रतिनिधिले प्रकृया…
धनगढी: कैलालीमा नेपाल प्रहरीका सहायक हवल्दार नै पक्राउ परेका छन्। हिजो (सोमबार) लागुऔषधसहित प्रहरी सहायक हवल्दार विष्णु चौधरी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले धनगढीस्थित नेपाल प्रहरीको गणमा कार्यरत (ड्राइभर) सहायक हवल्दार चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको जनाइएको छ। उनलाई ८ सय मिलिग्राम लागुऔषध (ब्राउनसुगर) सहित समातिएको बुझिएको छ। उनले विगतदेखि नै ड्रग्स डिलरसँग कनेक्सन जोडेर धन्दा थालेको प्रहरी स्रोतको दाबी छ।
कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताए । सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यहाँबाट भित्रिनेहरू प्रायः भैरहवाको नाकाबाट भारत जाने गरेका उनको भनाइ थियो । “यहाँबाट फ्रान्स, नेदरल्याण्ड, अमेरिका, बेलायत र जर्मनलगायत मुलुकका नागरिक नेपाल भ्रमणका लागि बढी भित्रिने गरेका छन् । दोस्रो भेरियन्टपछि पर्यटकको फिर्तीका लागि व्यवस्था मिलाउन माथिल्लो निकायमा पत्राचार गर्नाका साथै स्थानीयस्तरबाट पहल गरिएको थियो”, नासु…
काठमाडौँ : काठमाडौँ जिल्लास्थित बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर (करार) टीकाराज राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । टंगालबाट खटिएको आयोगको टोलीले राईलाई सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित गत मङ्सिर १४ गते नियन्त्रणमा लिएको थियो । सवइन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएका घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग ८० हजार घुस माग गरी लिएको पुष्टि भएको भन्दै आयोगले राईलाई ८० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना…
काठमाडौं : चारबुँदे माग राख्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। डा. केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन्। मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरु राखिएको प्ले कार्ड बोकेका थिए। तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। केसी सहित पवन थापा लगायत युवा अभियन्ताहरु प्रहरी नियन्त्रणमा छन्।
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी एक छात्राबारे दुई समूहबीच विवाद हुँदा धारिलो हतियार प्रहार भएको छ। दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार मावि, पीपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो। राष्ट्रपति रनिङ सिल्डमा सहभागी एक छात्राबारे दुई समूहबीच विवाद भएको स्थानीय बताउँछन्। सोमबारको खेल सकिएलगत्तै विद्यार्थीको समूह र खेल हेर्न आएका युवाबीच मञ्चको पछाडि झडप भएको स्थानीय वीरेन्द्र कार्कीले बताए। त्यसपछि चमेलियाको पुलपारि दुवै समूहबीच पुनः झगडा हुँदा विद्यार्थी घाइते भएको कार्कीको भनाइ छ। हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बैतडीका निमित्त प्रहरी…
कञ्चनपुरः कञ्चनपुरको रौटेलास्थित बैजनाथ धाममा नेपाली सेनाले नेपालको नक्सा तयार गर्दैछ। बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रको परिसरमा सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले नेपालको नक्सा तयार गरिरहेको हो। श्रीदल गुल्म भगतपुरका अनुसार उक्त नक्सा सिमेन्टको प्रयोग गरी बनाइँदैछ। सेनाले नक्सासहित सेवा केन्द्रमा बस्दै आएका वृद्धवृद्धाका लागि लघु पार्कसमेत निर्माण गरिरहेका छन्।
काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा हुम्लास्थित नेपाल-चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुगेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुगेका महानिरीक्षक अर्यालले गुल्म र मातहत बीओपी हिल्साको निरीक्षण गरेका हुन्। साथै सो बीओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत उनले जानकारी लिएका थिए। महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले कार्यरत फौजलाई उच्च मनोबल लिएर हिमाल जस्तै अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न समेत निर्देशन दिएका छन्।
काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन्। मङ्गलवार सञ्चार मन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरण एक अधिकारीले जानकारी दिए। खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन्। अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए। पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ।