Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः लागूऔषध मुद्दामा फरार रहेका कञ्चनपुर एक युवक पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-२ बस्ने २५ वर्षीय लोकेश शाह आइतवार पक्राउ परेका हुन्। शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत कञ्चनपुरले २०७९ पुस २८ गतेको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १० दिन कैद सजाय र २ हजार जरिवाना ठहर गरेपछि शाह फरार रहेका थिए।   

Read More

जनकपुरधाम : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । नागरिकता किर्ते सम्बन्धी कसुरमा सिरोहिया जेष्ठ ८ मा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक ३र३ दिनको म्याद दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत र्लैजाने प्रहरीको तयारी छ । उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो । सुरुमा उनलाई प्रादेशिक अस्पताल लग्दा त्यहाँका चिकित्सकले उनको…

Read More

चितवन : चितवनको भरतपुरस्थित कल्याणपुरको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु महेश हुन् । गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेर आगजनी गरेको प्रहरीको दाबी छ । ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्णरुपमा जलेको थियो । पक्राउ परेका थारु भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै…

Read More

दार्चुलाः दार्चुलामा खोलामा बगेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको मार्मा गाउँपालिका–५ मुरै स्थित गन्याड खोला तर्ने क्रममा पानीको भेल आएपछि सोही ठाउँ बस्ने २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन बिक खोलाले बगाएपछि बेपत्ता भएका हुन् । दुबै जना डुबेर बेपत्ता भएको खबरपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिई खोजतलासका साथै आवश्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन आज शीर्ष नेताको बैठक बस्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार हिजो बिहान ९ बजे बस्ने तय भएको बैठक आजलाई सारिएको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको बैठकबाटै समितिको कार्यादेश बनाउने जिम्मा पाएको समितिमा भएको सहमति र विमतिको विषयलाई टुङ्ग्याउने गरी बैठक बस्ने भएको हो । मन्त्री गिरीका अनुसार कार्यादेश बनाउन गठित समितिमा भएको सहमति र…

Read More

धनगढी : कञ्चनपुरमा नवजात शिशु मृत फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका ४ संविधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशुको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जोशीले जानकारी दिए।

Read More

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र क्यानडा खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो । नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल सुरु हुनेछ । आईसीसीको टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । क्यानडा २३औँ स्थानमा रहेको छ ।

Read More

काठमाडौं : कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६/६ रन बनाए । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक/एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा…

Read More

काठमाडौं : चितवनको नारायणगढमुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं.२९ मा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट प्युठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख…

Read More

काठमाडौं : नेपाल प्रहरी कर्मचारीको ट्रयाक सुट खरिद प्रक्रिया नियमसम्मत नदेखिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । प्रहरी प्रधान कार्यालयले ०७९ मंसिर १५ गते सम्झौता गरेर किनेको ११ करोड २९ लाख ५४ हजार रुपैयाँबराबरको ट्रयाक सुट खरिद नियमसम्मत नभएको महालेखाको ठहर छ । ट्रयाक सुट दरबन्दीको विवरणबिना खरिद गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यसरी खरिद गर्दा नियमावली संशोधन गर्नुपर्नेमा नगरी खरिद गरिएको खुलेको छ ।

Read More