धनगढीः नापी कार्यालय धनगढीमा सेवाग्राहीबाट दिनदहाडै घुस लिने गरिएको खुलेको छ। नापीमा लेखापढी व्यवसायीमार्फत कर्मचारीको हातमा घुस रकम पुग्ने गरेको पाइएको हो। स्रोतका अनुसार कित्ताकाट तथा हालसाबिक गर्न आएका सेवाग्राहीबाट नापीका कर्मचारीले घुस खाने गरेका छन्। आज (शुक्रवार) मात्रै कित्ताकाट तथा जग्गा घटीबढी मिलान गर्न आएका घोडाघोडी नगरपालिका–१ कैलाशपुरका सेवाग्राही सर्पन विश्वकर्मा, धर्म विक र नन्दकला विकबाट नापी कार्यालय धनगढीका अमिनले घुस खाएको बताइएको छ। नापी कार्यालयको कोठा नम्बर ११४ मा साबिकको दरख गाविस हेर्ने अमिनले सेवाग्राहीबाट कित्ताकाट तथा जग्गा घटीबढी मिलाइदिने भन्दै १५ हजार घुस मागेका हुन्। लालपुर्जामा र फिल्डमा जादाको जग्गा घटीबढी देखिएकाले मिलाइदिने भन्दै अमिनले पैसा मागेको बुझिएको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) कुमार न्यौपानेलाई दिइएको छ। हालै सुदूरपश्चिमको सशस्त्र प्रहरी बल, नेपाल न. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट सरुवा भएर गएका न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको भने सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएको थियो।
धनगढी: बझाङको बित्थडचिर गाउँपालिकाको डुम्रे खोलामा बस खसेको छ। आज (शुक्रवार) बित्थडचिरको डुम्रे खोलाको नालीमा बस खसेको हो। बस नालीमा खसेकोमा अहिले निकालिएको बझाङ प्रहरीका डीएसपी भरत शाहले जानकारी दिए। उनका अनुसार बस दुर्घटना हुनबाट बचेको छ भने बसमा बाहेक अन्य क्षति भएको छैन। सो बस बझाङबाट काठमाडौं जानका लागि आइरहेको थियो।
काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दल बैठकले हिजोको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको प्रमुख सचेतक रमेश लेखले जानकारी दिए। बैठकपछि पत्रकारसँग बोल्दै कांग्रेस प्रमुख सचेतक लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रुपमा राखिएको बताए। सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर कांग्रेसले गरेको उनले जानकारी दिए। कांग्रेसले हिजो बैठक सञ्चालनको विषयलाई लिएर पनि ध्यानाकर्षण भएको जनाएको छ।
काठमाडौं : सभामुख देवराज देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सभामुख घिमिरेले सदनको गतिरोध अन्त्यका विषयमा छलफल गरिरहेका हुन् । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेला–धकेल भएको थियो । शुक्रबार बोलाइएको बैठक बस्नुअघि सभामुख घिमिरेले सहमतिको प्रयास गरेका हुन् । यसअघि शुक्रबार बिहान बसेको कांग्रेसको बैठकले आफ्नो अडान यथावत राख्ने निर्णय गरेको छ ।
काठमाण्डौ : भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा भोलि शनिवारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले जेठ ५ गते शनिवारदेखि जेठ ७ गते सोमवारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन । भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा ७ गते लोकसभाको चुनाव हुने भएकोले शनिवारदेखि सोमवारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रुपमा बन्द गर्न लागिएको हो । रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका विपक्षलाई छलफल लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे विपक्षी दलहरूबिच छलफल हुने बताइएको छ ।
धनगढी: कञ्चनपुरको सीमावर्ती क्षेत्र बेलडाँडिबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा भन्सार छलिका सामान बरामद गरेको छ। प्रहरीले बिहीबार बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको हो। जसअन्तरगत भन्सार छली गरि नेपाल भित्राइएको ३६१ बोरा गहुँ, १ सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर ,फेसन सुज १४ जोर ,सेल्फी सुज १० जोर, चप्पल ८ जोर रहेको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारी कञ्चनपुरका प्रमुख एसपी खगेन्द्र चन्दले जानकारी दिए। उनले बरामद गरिएका सामान आवश्यक कारवाहीको भन्सार कार्यालय पठाइएको जनाए। सामान ढुवानीमा संलग्न भने फरार भएको बताइन्छ।
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रतिपक्षको अवरोध भइरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनु भएको थियो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो । सहकारीमा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने काँग्रेसले माग राखेको छ । यस विषयमा दलहरूबिच सहमति नजुटेकाले आजको बैठक पनि सञ्चालन हुने वा नहुने अनिश्चित छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते साेमबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री दाहालले संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाइएको सभामुखको सचिवालयले जनाएको छ । यस विषयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेका छन् । जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२ं) बमोजिमको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्री दाहालले चौथौ पटक विश्वासको मत लिन…