काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिपक्षको अवरोध भइरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनु भएको थियो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।
सहकारीमा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने काँग्रेसले माग राखेको छ । यस विषयमा दलहरूबिच सहमति नजुटेकाले आजको बैठक पनि सञ्चालन हुने वा नहुने अनिश्चित छ ।
Facebook Comments Box