Author: महेन्द्रनगर पोष्ट

अछाम: नेपाल सरकारको प्राथमिक  योजना हो, सेती लोकमार्ग। सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५/६६ बाट निर्माण सुरु गरिएको थियो। सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ। भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य रहेको छ। नेपाल–भारत–चीन जोड्ने बहुउपयोगी यो सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ। लोकमार्गको दक्षिणखण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर,  बाजुरा १२ किमी, डोटी ४० किमी र कैलालीको ७२ किमीसहित दुई सय चार किमी सडक खण्ड पर्दछ।…

Read More

कञ्चनपुर: प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ। वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो। गिद्धका गुँड अनुगमनका लागि सङ्घका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन्। ‘राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, बासस्थानबारे अध्ययन अनुगमनको कार्य हुँदै आएको छ,’ सङ्घका चराविज्ञ हिरुलाल डगौराले भने, ‘यसै अवसरमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गिद्धको गुँडको अवस्थाबारे अनुगमनको कार्य गरिरहेका छौँ।’  उनका अनुसार कैलालीको खुटिया, बेली, जोनापुर र फकलपुर तथा कञ्चनपुरको लालझाडी, पर्सिया, कञ्ज, बन्साहा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गिद्धका गुँड अनुगमनको कार्य भइरहेको छ। कैलाली…

Read More

कञ्चनपुरः कञ्चनपुरमा फेरि बाघको आंतक बढेको छ। जिल्लाको दोधारा–चाँदनीमा बाघले आंतक मच्चाएको हो। बाघको आक्रमणबाट एक जना घाइते समेत भएका छन्। चार महिना अघि एक महिलाको ज्यान लिएको बाघले पुनः आतङ्क मच्चाएको हो। सोमबार बिहान बाघले दोधारा–चाँदनी नगरपालिका–२ सरस्वती टोलका ६३ वर्षीय शेरसिंह साउँदमाथि आक्रमण गरेको बताइएको छ। गाँउकै मायापुरी जंगलमा गाईभैंसी चराउन गएको समयमा उनलाई आक्रमण गरेर घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते साउँदको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। गत साउन १७ गते मात्रै बाघकै आक्रमणबाट दोधारा–चाँदनीकी २३ वर्षीया हिरा शाहको मृत्यु भएको थियो।

Read More

काठमाडौं: नेपाल प्रहरीका आठ नवनियुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुले सोमबार दर्ज्यानी चिन्ह लगाएका छन्। प्रहरी महानिरीक्षकले उनीहरूलाई फूली लगाइदिएका हुन्। अब केही दिनमै उनीहरूको पदस्थापन गर्दै जिम्मेवारी पनि प्रदान गरिने प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार केही दिनमै उनीहरुले जिम्मेवारी पाउने छन्। यस्तै स्रोतका अनुसार केही प्रदेशका डीआईजीको सरुवा पनि नयाँ डीआईजीको पदस्थापनसँगै गरिने भएको छ। बिशेष ब्युरो, कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजीहरुको सरुवा गर्ने तयारी छ। यस अगाडि आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी,…

Read More

काठमाडौं: नेपाल प्रहरीका ४५५ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ४५५ हवल्दारहरुलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बढुवा हुनेमा नवराज सुवेदी, सन्तोष खड्का, यम बहादुर कार्की, खिम बहादुर गुरुङ्, रिता ओझा, दिना नाथ गेलाल लगायतका व्यक्तिहरु रहेका छन्। यी हुन् हवल्दारहरु

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार नालायक भएको आरोप लागेको छ। नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री ओम विक्रम भाट सरलले सो आरोप लगाएका हुन्। सरलले नेपाली काङ्ग्रेसका कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारलाई नालायक करार गर्दै प्रदेश सभालाई बन्धक बनाएको पनि बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम सरकारले बिजनेस नदिएर प्रदेश सभा बन्धक बनाइएको जनाए।

Read More

धनगढी: कञ्चनपुरमा ८ वटा ट्याक्टरसहित ८ जना पक्राउ परेका छन्। अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो।  ट्याक्टर चालक मानबहाखुर डगौरा, प्रेम थापा, सुरेश नेपाली, सुकखेव राना, रोशन चौधरी, शिवलाल राना, विष्णु पन्त र दिपेश डगौरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए।  ‘प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका– ५ र ६ को सीमाना घुर्सुवा घाटबाट अवैध रुपमा ढुङगा उत्खनन गरेका ८ वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको हो,’ डीएसपी जोशीले भने, ‘आवश्यक कारबाहीको लागि बेदकोट नगरपालिकाको कार्यालयमा बुझाइएको छ।’

Read More

काठमाडौं: सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका एक कसुरदारको पेन्सनपट्टा नरोक्न सर्वोच्चले नै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले बहुचर्चित सुडान घोटाला प्रकरणका कसुरदारमध्येका एक ओमविक्रम राणाको पेन्सन नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएकाहरूलाई पेन्सन नदिनु भनी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई लेखेको पत्रपछि राणाको पेन्सन रोकिएको थियो। पेन्सन रोकिएको विरोधमा राणाले १७ साउन, २०८१ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। रिट निवेदन दर्ता भएको करिब चार महिनापछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतको अन्तरिम आदेशले भ्रष्टाचारको कसुरमा दोषी ठहर भएका…

Read More

धनगढी: सुदूरपश्चिममा उपनिर्वाचन सम्पन्न भएको छ। जम्मा ५ स्थानमा चुनाव भएकोमा ४ स्थानमा नेपाली काङ्ग्रेस र एकमा नेकपा एमाले विजयी भएका छन्। यस्तै त्यहाँ चुनाव लडेका १३ जना उम्मेदवारको भने जमानत जफत भएको छ। पाँच स्थानमा उपनिर्वाचन भएकोमा २६ जना उम्मेदवार रहेका थिए। नेकपा माओवादी केन्द्रले चार स्थानमा उम्मेदवार खडा गरेकोमा तीन जनाको जमानत जफत भएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई स्थानमा उम्मेदवार उठाएकोमा दुबै उम्मेदवारले जमानत जोगाउन सकेनन्। डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अध्यक्षकी उम्मेदवार बनेकी रास्वपाकी जानकी कुमारी खड्का कुँवरले ३१ मत मात्रै ल्याउन सकिन्। उनको जमानत जफत भएको छ। पूर्वीचौकी गाउँपालिका–६ मा माओवादी केन्द्रका देवीलाल थापाले २६…

Read More

काठमाडौं: नेपाल प्रहरीका एसएसपी माधव श्रेष्ठको काज सरुवा गरिएको छ। आज सोमबार श्रेष्ठको काज सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले एसएसपी श्रेष्ठको काज सरुवा बुटवल तालिम केन्द्रमा भएको जानकारी दिए। उनका अनुसार तालिम केन्द्रका तत्कालीन प्रमुख हिमालय श्रेष्ठको बढुवा भएपछि उनको काज भएको हो। डीआईजीमा बढुवा भएका हिमालयलाई आजमात्रै फूली लगाइएको थियो। उनको पदस्थापन भने हुन बाँकी छ। उनको बढुवापछि भैरहवा विमानस्थलबाट माधवलाई त्यहाँ पठाइएको हो।

Read More