धनगढी: सुदूरपश्चिम प्रदेश सरकार नालायक भएको आरोप लागेको छ। नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री ओम विक्रम भाट सरलले सो आरोप लगाएका हुन्।
सरलले नेपाली काङ्ग्रेसका कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारलाई नालायक करार गर्दै प्रदेश सभालाई बन्धक बनाएको पनि बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम सरकारले बिजनेस नदिएर प्रदेश सभा बन्धक बनाइएको जनाए।
Facebook Comments Box