काठमाडौं: नेपालले डडेल्धुरामा सिटी हल निर्माण गरिदिन चीन सरकारलाई आग्रह गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेल्धुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको हो। झापा प्रधानमन्त्री केपी शर्मा ओली र डडेल्धुरा काँग्रेस सभापति देउवाको गृहजिल्ला हो।
मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख छ।
दुवै पक्षबाट १२ बुँदामा संयुक्त वक्तव्य जारी गरिएकोमा पाँचौं नम्बरमा उक्त विषय अटाएको छ।
Facebook Comments Box