चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गर्ने बताएका छन्। नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए। ‘पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।’ सूचना प्रविधिको…
Author: महेन्द्रनगर पोष्ट
कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तेस्रो पटक विश्वासको मत लिने तयारी थालेका छन् । अहिले सम्म प्रदेश सभा बैठक कहिले बस्ने भन्ने निश्चित छैन। तर, मुख्यमन्त्री सोडारी भने पहिलो र दोस्रो प्रयासमा विश्वासको मत नपाउने देखेपछि जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएपछि उनले वैशाख २१ गते विश्वासको मत लिने तयारी गरेका थिए । विश्वासको मत लिनकै लागि वैशाख २१ गते साँझ ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, एमालेले तत्काल केन्द्रमा छलफल नभएको र केन्द्रीय नेतृत्वसँग छलफल र परामर्श नगरी विश्वासको मत नदिने बताएपछि…
काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिने भएको छ । सरकारबाट बाहिरिएसँगै जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएपछि उक्त पार्टीलाई सरकार छाड्न दबाब परेको थियो । विभाजन पछि बनेको नयाँ दल जसपाले भने सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसबारे आज बस्ने केन्द्रीय कार्यकारीणी समितिको बैठकले थप निर्णय लिने बताइएको छ । उता एमाले र माओवादी केन्द्रले मधेशमा जसपा नेपाल नेतृत्वको सरकारलाई…
कञ्चनपुरः कञ्चनपुरबाट चरेश र खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका १० गड्डाचौकीबाट सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश, २१ वर्षीय दिपक कार्कीको घरबाट १.५८ ग्राम खैरो हिरोईन र २७ वर्षीय कुश कार्कीको घरबाट ०.१५ ग्राम खैरो हिरोईनसहित तिनै जनालाई आइतवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।
धनगढी : कञ्चनपुरबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–५ बनखेत स्थित शंकर दत्त भट्टले संचालन गरेको हाईवे फास्ट फुडमा जुवातास खेलिरहेको अबस्थामा सञ्चालक भट्टसहित ६ जना पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फास्ट फुडमा चेकजाँच गर्दा नगद ६१ हजार २ सय र १ गड्डी ताससहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै दलका सांसदले विश्वासको मत दिने देखिएको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छिन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । यसैबिच मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसले तयारी गरेको छ । औपचारिक निर्णय गर्न कांग्रेसले बिहान ८ बजे संसदीय दलको…
काठमाडौं : करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो । सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी…
धनगढी : डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ । आइतबार अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका २ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो । गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए ।
धनगढी : भारतको दिल्लीमा ६५ वर्षीय डाक्टर योगेशचन्द्र पालको हत्या गरेर चार नेपाली फरार भएका छन् । डाक्टर पालको मे १० मा दिल्लीको जंगपुरास्थित आफ्नै घरमा घाँटी थिचेर हत्या गरिएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार उक्त हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । भारतीय प्रहरीका अनुसार हत्यामा ७ जनाको संलग्नता रहेको छ । जसमध्ये ४ जना नेपाली नागरिक रहेका छन् । चारै जना नेपाली नागरिक नेपाल भागेको आशंका गरिएको छ । हत्याको मुख्य योजनाकार डाक्टर पालकी कर्मचारी बसन्ती हुन्, जो २४ वर्षदेखि मृतक डाक्टरको घरमा कार्यरत थिए । २४ वर्षसम्म घरमा राखेकी महिलालाई सबै थोक दिने परिवारले कल्पना…
काठमाडौं : सरकारलाई इन्टरनेट सेवा प्रदायक संस्थाबाट रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुनबमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिंक कम्युनिकेसनले दायर गरेका आठवटा रिट खारेज भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएको छ । यो फैसलासँगै सरकारलाई रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुनबमोजिम असुलीको बाटो खुलेको हो । महालेखापरीक्षकले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदनदेखि हरेक वर्ष निरन्तररूपमा इन्टरनेट सेवा प्रदायकहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी राजस्व प्राप्त नभएकाले कानुनबमोजिम असुलउपर गर्नुपर्ने बेरुजु भनेर औँल्याउँदै आएको थियो । यस विषयमा…