काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिने भएको छ । सरकारबाट बाहिरिएसँगै जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।
जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएपछि उक्त पार्टीलाई सरकार छाड्न दबाब परेको थियो । विभाजन पछि बनेको नयाँ दल जसपाले भने सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
आइतबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसबारे आज बस्ने केन्द्रीय कार्यकारीणी समितिको बैठकले थप निर्णय लिने बताइएको छ ।
उता एमाले र माओवादी केन्द्रले मधेशमा जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको कसरत सुरुवात भएको छ । मधेशमा नयाँ सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, जनमत र लोसपाले छलफल अगाडि बढाएका छन् ।
जसका कारण उपेन्द्र यादवलाई सरकार छाड्न दबाब परेको छ । जसका कारण सम्भवतः आजै सरकारबाट बाहिरिएर समर्थन फिर्ताको निर्णय हुन सक्ने जसपा नेपालका एक नेताले बताए ।