Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ। जिल्लाको नबदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा पपरेर मृत्यु भएको हो। आफ्नै खेतबारीको घेरबार हाल्नको लागी झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी चुुनाराको मृत्यु भएको हो। चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

धनगढी : नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिहंले बझाङ प्रदेश सभा क्षेत्र-१ मा भइरहेको उपनिर्वाचनमा मतदान गरेका छन्। केही बेरअघि उम्मेदवार सिहंले मतदान गरेका हुन्। बझाङ प्रदेश सभा १ मा कांग्रेसका सिहं, एमालेका दमन भण्डारी, माओवादीका जनक बुढा, समाजवादीका दिलबहादुर सिहंसहित उम्मेदवार प्रतिस्पर्धामा छन्।

Read More

काठमाडौं: कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाले सर्भिस सेक्टर ९सेवा क्षेत्र० परिवर्तन गर्न सक्ने भएका छन्। ईपीएस कोरिया शाखाले शुक्रबार सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जनाएको हो। सूचनाअनुसार २०२४ डिसेम्बर ३१ भित्र रोस्टर अवधि समाप्त हुने इच्छुकले सेवा क्षेत्र बदल्न पाउने भएका हुन्। मानव संसाधन विकास ९एचआरडी० कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेको नामावलीसहितको तालिका बिहीबार पठाएको ईपीएस कोरिया शाखाले जनाएको छ। शाखाका अनुसार ९ हजार ४२८ जनाको नाम प्राप्त भएको छ। यदि कसैले पहिले रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले…

Read More

काठमाडौं : इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान गरेपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उत्साहित भएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताए । निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गरे । इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम-२ मा एक लाख १६ हजार ८८९ मतदाता रहेका छन् ।

Read More

बझाङ : बझाङ प्रदेशसभा निर्वाचन १ मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । प्रदेश सभा निर्वाचन क्षेत्र १ का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।

Read More

धनगढी : शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका ४४६२ पदमा विज्ञापन खुलाएको हो । आउँदो जेठ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि जेठ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ । हेर्नुहोस् प्राविको विज्ञापन https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=548&fn=bigapan%20primary_2080.pdfE%2f

Read More

धनगढी : बझाङमा मतदान सुरु भएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा १ मा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाता भनेट हाल्न लाइन बस्न थालिसकेका छन् । इलाम–२ मा १९ जना चुनावी मैदान मा छन् भने बझाङमा ११ जना चुनावी मैदानमा छन् । इलामको प्रतिनिधि सभामा १२ राजनीतिक दलबाट १२ जना र ७ जना स्वतन्त्र उम्मेदवार बीच प्रतिस्पर्धा हुने छ भने बझाङको प्रदेश सभामा ११ राजनीतिक दलबाट ११ जन बिच प्रतिस्पर्धा हुने छ । साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् । इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन्…

Read More

काठमाडौँ : शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ । यसलाई अस्वस्थ मानिन्छ । दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ । त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ । शीर्ष १० स्थानमा क्रमशः इन्डोनेसियाको मेदान, थाइल्याण्डको चियाङ माई, इराकको बगदाद, बंगलादेशको ढाका, भारतको नयाँ दिल्ली, इन्डोनेसियाको जकार्ता र म्यानमारको यानगोन रहेका छन् ।

Read More

काठमाण्डौ :  इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । मतदान अहिले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ । निर्वाचन आयोगले मतदानमा सहभागी हुन सम्बन्धित क्षेत्रका मतदातासँग अपिल गरेको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगकाअनुसार चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको छ । आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित…

Read More

काठमाडौं : नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ । १६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल,  युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो ।

Read More