धनगढी: कैलालीको धनगढीस्थित एक दोहोरी साँझमा लफडा भएकोमा प्रहरीले अनुसन्धान थालेको छ।
अस्ति शुक्रवार राति धनगढीको चटकपुरस्थित इन्द्रेणी दोहोरी साँझमा लफडा भएकोमा प्रहरीले अनुसन्धान थालेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मध्यरातमा भएको लफडामा एक पत्रकारलाई चोटपटक लागेकोले घटनाको अनुसन्धान थालिएको महेन्द्रनगरपोष्टलाई बताए।
उनका अनुसार दोहोरीकी साहुनी राधिकाराज लम्सालका छोराविरुद्ध पीडित पत्रकार पक्षबाट प्रहरीमा निवेदनसमेत परेको छ।
तर ती साहुनीका छोरा प्रहरी सम्पर्कमा नआएपछि प्रहरीले उनलाई खोजतलास गरेर पक्राउ गर्ने तयारी गरेको बताइएको छ।
अहिले घाइते पत्रकारको भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ भने प्रहरीले घटनाको थप छानबिन गरेर कारबाही अगाडी बढाइने जनाएको छ।
Facebook Comments Box