काठमाडौं : नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरिएको छ ।
सदस्यता शुद्धीकरणको बिषयमा विमति राख्दै केन्द्रिय समितिकै पदाधिकारीहरुले तालाबन्दी गरेको हुन ।
विधान मिचेर केन्द्रीय समिति र संगठन समिति संगै शुद्धीकरण समेत छलेर चाेर बाटाे बाट ल्याउन लागिएकाे सदस्यता लिस्ट विरुद्ध सुरु भएको बताइएको छ ।
निर्वाचन नजिकिदै जादा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा केन्द्रिय समिति भित्रै आन्तरिक संघर्षमा उत्रिन बाध्य भएको छ ।
तालाबन्दी गर्ने समूहले सक्रिय पत्रकारलाई नविकरण सुचीबाट हटाउने चाेरबाटाेकाे लिस्ट नस्विकार्ने बताएको छ ।
आजलाई अध्यक्ष, महासचिव, पदाधिकारीहरु र निर्वाचन समितिकाे कार्यकक्षमा तालाबन्दी गरेका छाैं । केन्द्रीय समिति भित्रका हामीहरुले शुरु गरेकाे याे संघर्षलाई कमजोर नठानियाेस । धेरै साथीहरू राजधानी बाहिर हुनुहुन्छ । भाेली बाट जुट्दै हुनुहुन्छ ।
त्यसैले फेरि भन्छाैं, चाेरबाटाे बाट हैन बिधान अनुसार केन्द्रीय समितिबाटै सदस्यता टुङ्गो लगाउँ ।