Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : डोल्पाको जंगलमा लागेको डढेलो निधाउने क्रममा जलेर घाइते भएका थप दुई सैनिकको मृत्यु भएको छ । सोमबार ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’ का चार सैनिक घाइते भएका थिए । ती मध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो । मंगलबार कीर्तिपुर अस्पतालमा भने जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको हो । प्युठ विजय कोइरालाको भने उपचार भइरहेको छ ।…

Read More

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनमा राप्रपा कञ्चपुर जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्द घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा अध्यक्ष चन्दसहित अन्य १८ प्रदर्शनकारी घाइते घाइते भएका छन् । चन्दको खुट्टा टुटेको र अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ । काठमाडौंमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । त्यसैगरी सादा पोशाकका प्रहरीदेखि सशस्त्र…

Read More

धनगढी : बझाङ प्रदेशसभा १ मा सत्ता गठबन्धनका ४ दलले उम्मेदवारी फिर्ता लिएका छैनन् । निर्वाचन अयोगले उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिने समय मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो । तर गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको माओवादी केन्द्रका उम्मेदवार जनकराज बुढाले बताए । ‘गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनौँ । अब आफ्नै ढंगले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्छौं’, उनले भने । वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन दल माओवादीबाट बुढा, एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका थिए । रास्वपाले उम्मेदवारी नै दर्ता गरेको छैन । नेपाली कांग्रेसले अभिषेक…

Read More

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका ६ बनबेहडामा जुपिटर एकेडेमी नेपालको १६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष खकेन्द्र बुढाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर कुवँर प्रमुख अतिथि र नेसनल प्याब्सन कैलाली अध्यक्ष ललित साँउद विशिष्ट अतिथि रहेका थिए । यस्तै कार्यक्रममा बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव हेमन्तराज जोशी (बाजे) बिणा बिद्या मन्दिरका प्रध्यानाध्यापक दल बोगटी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक भरतमणी ओझालाई सम्मान गरिएको थियो। सोही अवसरमा विभिन्न खेलकुद तथा सास्कृतीक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

Read More

धनगढी : नेकपा (एमाले)को चैत्र २४ गते धनगढीमा भएको छ । तेस्रो पूर्ण बैठकले गरेका निर्णय मंगलबार सार्वजनिक गरिएको छ । प्रदेश कमिटीका अध्यक्ष कमरेड कृष्णप्रसाद जैशीको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, पोलिटव्युरो , केन्द्रीय कमिटी, सल्लाहकार परिषदका सदस्यहरुको उपस्थितिमा बैठक भएको थियो । बैठकले केन्द्रीय कमिटीको निर्णय अनुसार २०८१ को पार्टी सदस्यता नविकरण यही चैत्र मसान्त भित्र गरिसक्ने, बझाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा जिल्ला कमिटीका अध्यक्ष दमन भण्डारीलाई विजय गराउन सहयोग पार्टीका नेता कार्यकर्ता तथा आम मतदातालाई अनुरोध गर्ने र उपनिर्वाचनमा सहयोगको लागि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षतामा ५०१…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित आठ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मंगलबार निर्देशनालयकै कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठ विरुद्द प्रतिव्यक्ति २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय,…

Read More

धनगढी : नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ मा आफ्ना उम्मेदवार जनकराज बुढाले उम्मेदवारी कायम राखेका छन् । सत्ता गठबन्धन दलहरु बिच बुढालाई उम्मेदवारी फिर्ता लिएर एमालेका दमन भण्डारीलाई सहयोग गर्ने छलफल भएपनि बुढा उम्मेदावारी फिर्ता लिएनन् । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले शनिबार उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारले उम्मेदवारी फिर्ता लिनका लागि निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । मंगलबार सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलसहित प्रदेश समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकले माओवादीका उम्मेदवार बुढालाई सहयोग गर्न गठबन्धनका अन्य दललाई आग्रह गर्ने समेत निणर्य गरेको छ । बुढा संविधानसभा…

Read More

काठमाडौं : सिंहदरबार सिंहदरबारभित्रैका एक हवल्दारले जवानलाई थप्पड हानेका छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले अर्थ मन्त्रालयभित्र दुर्व्यवहार गरेको स्रोतले बताएको छ । मंगलबार बिहान किन सल्युट नगरेको भन्दै प्रहरी जवान सिंहलाई भण्डारीले थप्पड हानेको प्रहरीले जनाएको छ । यसबारे बुझिरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताएका छन् ।

Read More

धनगढी :  सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ । हेल्प डेस्कका अनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न सहरबाट पछिल्लो समय झण्डै तीन हजार नेपाली भित्रिएका छन् । जसमध्ये मङ्गलबारदेखि हिजो आइतबारसम्म दुई हजार छ सय ७७ नेपाली फर्किएका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीहरुको सङ्ख्या बढ्न थालेको हुन् । अन्य विदेशी मुलुक…

Read More

काठमाडौं : डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई  थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो । यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाइएको थियो । उनका अनुसार, डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी…

Read More