Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले इमानदारीता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीतिलाई केन्द्रबिन्दुमा राखेर नागरिक सेवा गर्नुपर्ने बताएका छन्। हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी निरीक्षकहरूलाई निर्देशन दिँदै आईजीपी कुँवरले यस्तो बताएका हुन्। उनले नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताए। आईजीपी कुँवरले सांगठनिक शुद्धीकरण र सुदृढीकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउन निर्देशन दिए। उनले ऊर्जाशील एवं सृजनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिए। यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त…

Read More

धनगढी: पूर्वगृहमन्त्री तथा नेकपा एमाले नेता डा. भीमबहादुर रावल सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका छन्। उनी आइतबार बिहान धनगढी विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुबेदी, एमाले अछामका नेता प्रकाश शाह लगायतले गेटा विमानस्थलमा स्वागत गरेका थिए। नेता रावल प्रदेशका विभिन्न जिल्लामा आफ्ना समर्थक भेट्न आएको बुझिएको छ। रावलको यो सुदूरपश्चिम भ्रमणलाई अर्थपुर्ण रूपमा हेरिएको छ। पछिल्लो पटक नेता रावलले एमाले पार्टी छोड्न सक्ने अभिव्यक्ति दिइरहेका छन्। उनी एमालेभित्र जिम्मेवारीविहीन छन्।

Read More

काठमाडौं: सुदूरपश्चिमका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले सुदूरपश्चिमको विकासका लागि एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका भाटले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिमको विकासका लागि दलिय राजनीतिमा बिभाजित भएर नभइ एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताएका हुन्। सरकारले देशका सातवटा प्रदेशमध्ये सुदूरपश्चिम बाहेक ६ वटामा सरकारी मेडिकल कलेज सञ्चालनमा ल्याएको छ। मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि भव्य संरचना निर्माण गरिएका छन्। तर यहाँ सरकारी बेवास्ताका कारण मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन ।प्रदेशको विकास र स्वास्थ सेवामा सुधारका लागि संघर्षको आवश्यकता आज झन् बढी देखिएको छ।…

Read More

धनगढीः कैलालीको धनगढीमा पछिल्लो समय गैरकानुनी गतिविधि बढ्दै गैरहेको छ। एक महिनाको अवधिमा मात्र संकास्दप वस्तु राख्नेदेखि कुटपिटसम्मका घटना घटेका छन्। केही समय अगाडि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा संकास्पद वस्तु फेला परेकोमा हिजो मध्यराति धनगढीको मिलनचोकमा २ युवक कुटिएका छन्। उनीहरूमाथि एक समूहले आक्रमण गरेको बताइएको छ। कुटाई खाने इन्धन बोक्ने ट्याङ्करका चालक र सह–चालकहरु हुन्। उनीहरूमाथि धारिलो हतियार (खुँडा) प्रहार गरिएको बुझिएको छ। हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सह–चालक अनिल देउवा भएका घाइते छन्। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।…

Read More

काठमाडौं: नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली अनिवार्य अवकाशमा जादैछ्न्। ज्ञवाली उमेर हदका कारण अवकाशमा जान लागेका हुन्। स्रोतका अनुसार भदौ २६ गतेबाट अवकाश पाउने उनी अवकाशअघि आज हाजिर हुने गरी बिदामा बसेका थिए। उनी भदौ २५ गते प्रहरीबाट बिदा हुने तयारीमा छन्। उसो त उनले केही समय अगाडि सर्वोच्च अदालतमा उमेरहद हटाउन माग गर्दै रिट हालेका थिए। तर सर्वोच्चले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। त्यसपछि उनी अनिवार्य अवकाशमा जाने निश्चित भएको हो। के हुँदैछ छानबिन ? एआईजी ज्ञवाली निकै विवादित प्रहरीका वरिष्ठ अधिकारी हुन्। घर जानै लाग्दा पनि उनीमाथि छानबिन जारी छ। उनकै समकक्षी टेकप्रसाद राईको नेतृत्वमा…

Read More

काठमाडौं: नेपाली सेनाका महासेनानी दिपक भण्डारीलाई जिम्मेवारीबाट हटाइएको पाइएको छ। सैनिक सामग्री खरिद र वितरणको जिम्मा पाएका भण्डारीले गडबड गरेको भन्दै जिम्मेवारीबाट हटाइएको हो। स्रोतका अनुसार उनी र दुई तारे जर्नेल प्रकाश देउजाले खरिद गरेका सामान महँगो हुनुका साथै ठेकेदारहरूलाई समेत पैसा मागेर हैरान बनाएपछि कारबाहीमा परेका हुन्। भण्डारीलाई जिम्मेवारीबाट हटाइएपछि यडी सप्लायर्सका झंक भट्ट, एन एस ट्रेड श्लोक इन्टरप्राइजेजका रितेश अग्रवाल, अलबेलो ट्रेडका जलेश्वर पौडेल, आर ए इन्टरनेशनलका राजेश अग्रवाल र राजश्री इन्टरप्राइजेजका सञ्चालकहरूले पनि समर्थन जनाएका छन्। उनीहरूले भण्डारी र प्रकाशले गरेका कमिसनका विषयमा जंगी अड्डामा बेलिविस्तार लगाइरहेका छन्।

Read More

धनगढीः कैलालीको धनगढीमा २ लाख बढी मुल्यको अबैध सामान बरामद गरिएको छ। शनिबार प्रहरी चौकी त्रिनगर, वडा प्रहरी कार्यालय र सादा पोशाकमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ आदर्श टोल, चटकपुर र हसनपुरबाट अबैध सामान बरामद गरेको हो। भारतबाट भन्सार छलेर ल्याएको करिब २ लाख २ हजार मुल्यको लेदर बेल्ट, टोपी, चश्मा, बच्चाका खेलौना, काजु तथा विभिन्न मसला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराधहरुलाई कम गर्न अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले साइबर अपराध र आतङ्कवाद लगायतका बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायहरूबिच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताए । सो अवसरमा गृहमन्त्री लेखकले समारोहलाई दीप प्रज्वलन गरी विधिवत् रूपमा उद्घाटन गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘सीआईडी म्यागजिन’ को विमोचन गरे। सो अवसरमा उनले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा…

Read More

धनगढी : कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको निरीक्षण गरेका छन् । एसपी बिष्टले शुक्रबार प्रहरी महानिरीक्षक(आईजीपी) बसन्तबहादुर कुँवरले स्थलगत निरीक्षण गर्न लागेको टीकापुरमा रहेको प्रहरी चौकी सत्तीसहितका केही कार्यालयको निरीक्षण गरेका हुन् । बिष्टले इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरको समेत निरीक्षण गरेका हुन् । प्रहरी चौकी र इलाका प्रहरी कार्यालय निरीक्षण गर्दै एसपी बिष्टले लागुऔषध दुर्व्यशनी, चोरी तस्करी नियन्त्रण तथा अन्य सामाजिक अपराध नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिएका छन् । उनले चोरी, तस्करी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न खरो रुपमा काम गर्न समेत निर्देशन दिए ।…

Read More

धनगढीः कैलालीमा तीजको राति सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् । हिजो (शुक्रबार) मात्र तीन महिलासहित ९ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोक नजिकै स्कारपियो र पिकअप बोलेरो जिप बाटो क्रस गर्ने समयमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। स्कारपियोमा सवार गोदावरी नगरपालिका–५ की ४१ वर्षीया एक महिला घाइते नै भएकी छन्। उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। त्यस्तै धनगढी उपमहानगरपालिका–१ खुलामञ्च नजिकै जेसीबीले स्कुटीलाई ठक्कर दिँदा स्कुटी पछाडी सवार धनगढी–१ कै १७ वर्षीय एक किशोर घाइते भएका छन्।उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। उता गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्ग अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको मोटरसाइकललले ठक्कर…

Read More