Author: महेन्द्रनगर पोष्ट

धनगढी : बैतडीमा दुई दिनदेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको पुर्चौडी नगरपालिका–४ भटना ओखडानीकी अन्दाजी २० वर्षीया रेखा बुधबार मृत अवस्थामा परेकी हुन् । पारिवारिक स्रोतका अनुसार उनी यही चैत्र २६ गते दिउँसोबाट बेपत्ता थिइन् । रेखा सोही वडाको रानीवनमा मृत फेला परेकी उक्त वडाका अध्यक्ष दिलबहादुर धानुकले बताए । उनको गत वर्ष मात्रै विवाह भएको थियो । रेखाका श्रीमान रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका बताइएको छ । मृत्युको कारण नखुलेको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः अछाममा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको रामारोसन गाउँपालिका– ५ का १४ वर्षीय पुरन रोकायाको रुखबाट लडेर मृत्यु भएको हो। स्थानिय भरत रोकायाका १४ वर्षीय छोरा पुरनको बुधवार रुखबाट लडेर मृत्यु भएको हो। गाउँ नजिकै रहेको सालिमकोट सामुदायिक वनको चौतारामा रुखबाट झ्याउ निकाल्ने क्रममा उनी लडेका हुन्। उनी नीलकण्ठ माध्यमिक विद्यालय पातलमा कक्षा ७ मा अध्ययनरत रहेका थिए। उनी कक्षाकै प्रथम हुने विद्यार्थी हुन्। उनको घटनास्थलमै मृत्यु भएको हो। अछामको रामारोसन लगायतका लेकाली क्षेत्रमा रुखहरूबाट जडीबुटी तथा झ्याउहरू निकाल्ने बेचबिखन गर्ने गरिएको छ।

Read More

धनगढी : धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने दशौं संस्करणको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आगामी २०८१ बैशाख १ गते हुने हाफ म्याराथनको प्रायः अधिकांश तयारी सकिएको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए । २०१४ देखि नयाँ बर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौं संस्करणले नेपाल एथलेटिक्सबाट स्वीकृत प्राप्त गरेको छ । यो म्याराथनमा कुनै रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने संयोजक शाहले जानकारी दिए । धनगढी हाफ म्याराथनको विजेताले…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाको टिप्परले ठक्कर दिँदा एक जना घाइते भएका छन्। धनगढीमा उपमहानगरपालिकाको से १ ग ६५ नम्बरको टिप्परले गौरीगंगा नगरपालिका वडा नम्बर १ निवासी ४७ वर्षीय बाबुराम चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । आज बिहान धनगढी ४ उत्तरबेहडीस्थीत साइकलमा सवार रहेका चौधरीलाई टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र सिहं बोहराले जानकारी दिए । घाइते भएका चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाईते चौधरीको केजी अस्पतालमा उपचार भैरहेको छ । टिप्पर र चालक सुरेन्द्र रावललाई अहिले प्रहरीको नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ।

Read More

धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित भएका छन् । गत असोजमा चीनको होन्झाउमा आयोजित एसियन गेम्समा दुर्लभ विश्वकीर्तिमान राखेका २४ वर्षे ऐरीलाई अनलाइन सर्भेक्षणमार्फत ‘वर्षखेलाडी’ चयन गरिएको शिलापत्रले जनाएको छ । अघिल्लो वर्ष क्रिकेटर आशिफ शेख शिलापत्र वर्षखेलाडी २०७९ घोषित भएका थिए । नेपाली टोलीका भरपर्दा खेलाडी ऐरीले २०८० सालमा आयोजित एसियन गेम्समा मंगोलियाविरुद्ध अब कसैले तोड्न नसक्ने कीर्तिमान राखेका छन् । उनी कञ्चनपुरको भीमदत्त नगरपालिकाका हुन् । मनोनयनमा परहेका १० खेलाडीमध्ये ऐरीलाई कुल ५३.२ प्रतिशतले मत हालेका शिलापत्रले जनाएको छ । ‘यस वर्ष शिलापत्र सर्वेक्षणमा उनले पाएको यो सबैभन्दा लोकप्रिय मत हो’,…

Read More

धनगढी : नेपाल पुलिस स्कुल धनगढीले कर्मचारी माग गरेको छ। एक सूचना जारी गर्दै स्कुलले कर्मचारी माग गरेको हो। प्रहरी कल्याणकरी कोषद्धारा सञ्चालित उक्त स्कुलले रिक्त पदमा करार शिक्षकका लागि दरखास्त आह्वान गरेको जनाएको छ। हेर्नुस् सूचना

Read More

धनगढीः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी अहिले धनगढीमा छन्। भर्खरै उनको उपस्थितिमा धनगढीमा पार्टीका सांसदहरूको छलफल सुरु भएको छ। नाउपा एक मन्त्रीको सरकारी निवासमा रेशमसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नाउपा, रेशमलाल र उनकी पत्नी एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबीच विवाद रहेको थियो। रेशम सुदूरपश्चिममा काङ्ग्रेससँगै रहन चाहन्थे भने अध्यक्ष रन्जिता नयाँ सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्नेमा तयार थिइन्। यसैबीचमा पार्टीभित्रको विवाद छताछुल्ल पनि भएको थियो। पार्टीमा कुटाकुटदेखि कारबाहीसम्मै विवादको सिलसिला पुगेकोमा सुदूरपश्चिम प्रदेशमा नाउपाकी एक सांसद इन्दिरा गिरी पदमुक्त नै भएकी थिइन् भने घनश्याम चौधरीलाई दलको नेताबाट हटाइएको छ। विवाद चर्किरहेका…

Read More

धनगढी : साहित्यकार दीपिका विवशको निधन भएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरकी दीपिका भट्ट (फुलारा)को मङ्गलवार निधन भएको हो। एक महिनादेखि बिरामी रहेकी उनको काठमाडौँमा मङ्गलवार उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन्। उनको पेटमा समस्या देखिएको थियो। विवश शिक्षिका पनि थिइन्।

Read More

धनगढी: कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व कर्मचारी मृत अवस्थामा फेला परेका छन्। आज (मंगलबार) सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार वेदकोट नगरपालिका- ४ का भाट घरमै झुन्डिएको अवस्थामा भेटिएका थिए। सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए। हालै भारतबाट फर्किएका उनी आज मृत फेला परेका हुन्। स्रोतका अनुसार उनी पारिवारिक समस्याले समेत ग्रसित थिए। अहिले प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

Read More

काठमाडौं : आगामी वैशाख १५ गते हुने उपनिर्वाचन लक्षित निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ । इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंहिता लागू गर्न लागेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा एकको उपदफा दुईले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभरमा लागू हुने गरी बुधबारदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए…

Read More