Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–११ का २४ वर्षीय भगतराज राना रहेका छन्। रानालाई धनगढी–२ बैयाहबेहडीबाट ३८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको संयुक्त टोलीले पक्राउ गरेको हो। रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करण चैत २९ गतेदेखि सुरु गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गर्ने बताए । अभियान आगामी जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने उनले जानकारी दिए । देउजाका अनुसार संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरिनेछ । अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ…

Read More

धनगढी : नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् । त्यस्तै बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन् । महामन्त्री शर्मा यसअघि उम्मेदवार चयनको सन्दर्भमा कार्यकर्ताको मत बुझ्न इलाममा खटिएका थिए । उनी छिमेकी जिल्ला झापा १ बाट निर्वाचित हुन् । बझाङमा खटाइएका साउद कन्चनपुरबाट निर्वाचित हुन् ।

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापनपत्र बुझाइएको छ । नाउपा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, टीकापुरका मेयर रामलाल डगौरालगायतले प्रधानमन्त्रीलाई टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरुयोजनासहित स्मार्ट सिटी निर्माणको लागि पहल गर्न माग गरिएको छ । टीकापुर-५ दौलतपुरस्थित सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माणको लागि पहल गर्न, टीकापुरमा विमानस्थल सञ्चालन पहल गर्न, बेलुवाबाट भजनी नगरपालिका जोड्ने पथरैया पक्की पुल निर्माणको पनि माग राखिएको छ । टीकापुर बसपार्कदेखि पार्क जाने बाटो ढल निकाससहित कालोपत्रे निर्माण, बाहिरी…

Read More

धनगढी : बैतडीमा श्रीमतीको हत्या गर्ने ६३ वर्षीय कृष्ण धामी कारागार चलान भएका छन्। धामीले चैत्र ८ गते कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका थिए। जिल्ला अदालतले उनलाई आज (आइतवार) पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। चैत्र ८ गते बिहान धामीले कोदालोले हिर्काएर आफ्नै श्रीमती ५६ वर्षीया पार्वती धामी,उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुबास कलौनी र देवराज भट्टमाथि पनि आक्रमण गरेका थिए। उनकी श्रीमतीको उपचारको क्रममा सोहि दिन मृत्यु भएको थियो। आक्रमणबाट घाइते भएका कलौनी उपचारपछि डिस्चार्ज भइसकेका छन् भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ।…

Read More

काठमाडौं : नेपाल प्रहरीका दुई जना प्राविधिक तर्फ प्रहरी नायब उपरीक्षक (डीआइजी) को दरबन्दी थप भएको छ । गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो । यसअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाइन कार्यालयमा रहने गरी डीआईजीको दरबन्दी थप भएको छ ।

Read More

काठमाडौं : पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे । पृथ्वी शाले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६, डेविड वार्नर १० र अभिषेक पोरेलले ४१ रन बनाए । मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए । त्यसअघि वानखडे स्टेडियमा टस हारेर…

Read More

धनगढीः कैलालीका पाँच बुँदे मागसहित एक जना अनशन बस्ने भएका छन्। मोहन्याल गाउँपालिकाका–३ फलेबिसौनाका मोहनसिँह टमट्टा नेपाल सरकारलाई ५ बुँदे माग राख्दै अनशन बस्ने भएका छन्। उनले हिजो (शनिवार) पत्रकार सम्मेलन गर्दै आफु अनशन बस्ने जानकारी गराएका हुन्। मोहन महाकाली–मेची शुद्ध आहार अभियान मुक्ति दीप नागेश्वरी शिव मन्दिरकर्ता समेत हुन्। उनले पत्रकार सम्मेलनमार्फत नयाँ वर्ष २०८१ वैशाख २ गतेबाट काठमाण्डौँको संसद् भवन बाहिर पानी मात्र पिएर अनशन बस्न बताएका छन्। उनले नेपाल सरकारसँग नेपालमा शुद्ध आहार धर्मको घोषणा हुनु पर्ने, नेपालमा बली प्रथाको अन्त्य हुनु पर्ने, गौमाताको गौचरण आरक्षण हुनुपर्ने, नेपाली भूमिमा सीमा पर्खाल हुनुपर्ने र मानसिक असन्तुलन भएका मानिसहरूको…

Read More

धनगढी : नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरु लागुऔषध नियन्त्रणका लागि मिलेर काम गर्न सहमत भएका छन्। भारतको पलियामा बसेको दुई देशका अधिकारीबीचको संयुक्त बैठकमा चोरी, तस्करी, सीमा अपराध तथा लागुऔषध नियन्त्रणका लागि सहकार्य गरेर जाने सहमति भएको हो। सीमावर्ती बजारहरुमा बढ्दो लागुऔषधको कारोबार नियन्त्रणका लागि नेपाली सुरक्षा अधिकारीहरुले भारतीय सुरक्षा निकायको सहयोग खोजेका थिए। बैठकमा भारतीय सुरक्षा अधिकारीहरुले आसन्न लोकसभा चुनावका बेला सीमा क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउने विषयलाई प्राथमिकताका साथ उठाएका थिए। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले लागुऔषध नियन्त्रणका लागि सहकार्य गर्ने, भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाउने, संयुक्त गस्ती गर्ने विषयमा बैठकमा छलफल…

Read More

धनगढी : सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट आठ लाख बढी मूल्यको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीले धनगढी उपमहानगरपालिका-२, बैयाबेहडी क्षेत्रबाट शनिबार आठ लाख ७४ हजार बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो । धनगढी उप-महानगरपालिका-२, बैयावेहडी सिएलमार्ट स्थित प्यासेजमा धोती र कुर्ता सुरुवाल छ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेड क्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको बताइएको छ । बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको सशस्त्र…

Read More