धनगढी : भारतको चम्पावतका पूर्व विधायक कैलाश गहतोडी निधन भएको छ । राज्य वन विकास निगमका अध्यक्षसमेत रहेका गहतोडीको लामो बिरामीपछि देहरादूनको सरकारी निवासमा निधन भएको हो ।
गहतोडी लामो समयदेखि क्यान्सरबाट पीडित थिए र उनको निरन्तर उपचार भइरहेको थियो । उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी काशीपुर भ्रमणका क्रममा पूर्व विधायक कैलाश गहतोडीको निवासमा पुगेका थिए ।
त्यसपछि उनलाई हेलिकप्टरबाट देहरादुन लगिएको थियो । गहतोडीको म्याक्स अस्पतालमा उपचार भइरहेको थियो ।
गहतोडीको निधनमा शोक व्यक्त गर्दै प्रदेशका मुख्यमन्त्री धामीले ट्विट गर्दै वन विकास संस्थानका अध्यक्ष, पूर्व विधायक, प्रिय मित्र तथा जेठा भाइ श्री कैलाश गहतोडीको निधनको दुखद खबर सुनेर स्तब्ध भएको बताएका छन् ।
गहतोडी त्यही नेता थिए जसले मुख्यमन्त्री धामीका लागि आफ्नो सिट छोडेका थिए, त्यसपछि पार्टीले उनलाई वन विकास निगमको जिम्मेवारी दिएको थियो ।
गहतोडी चम्पावतका बासिन्दा थिए।