Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले परस्थिति विश्लेषण गरी विश्वासको मतको सामना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिने अधिकार मुख्यमन्त्रीलाई नै दिएको छ । संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले निर्णय लिने अधिकार उनैलाई दिएको हो । बैठकमा सहभागी प्रदेश सभा सदस्य मेघराज खड्काले परस्थितिअनुसार विश्वासको मत फेस गर्ने वा राजीनामा दिने अधिकार मुख्यमन्त्रीलाई दिइएको बताए । संसदीय दलको बैठकले अन्य निर्णय भने गरेको छैन । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ। मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । तर, नाउपाभित्रैको किचलो र स्वतन्त्र सांसदको अडानका कारण शाह सरकार जोगिने सम्भावना क्षीण रहेको छ । विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न समते कांग्रेस सासदहरुले समेत सुझाव दिएका थिए । तर मुख्यमन्त्रीले विश्वासको मत पाउँछु भनेपछि विश्वासको मत लिन लागेका हुन । प्रदेशसभाको…

Read More

काठमाडौं: नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवा भएको छ। आज (बुधबार) नेपाल प्रहरीको प्रधान कार्यालयस्थित बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा भएको जानकारी दिएको छ। लामो समयदेखि विवादित बनेर रोकिएको बढुवा आज गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच छलफल र सहमति भएपछि भएको हो। स्रोतका अनुसार आज पनि यस विषयमा मन्त्रालयमै विवाद देखिएको थियो। यसरी बढुवा हुनेमा कैलालीमा कार्यरत इन्सपेक्टर दिपक मल्लसहित निर्मल पनेरु, ऋषिराम घर्तीमगर, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द,…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित एक युवकलाई पक्राउ गरेको छ। आज (बुधबार) जिल्लाको भीमदत्त नगरपालिका- ४ बसपार्कस्थित सुदूरपश्चिम गेष्टहाउसबाट उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन साहु रहेका छन्। उनको साथबाट सिनियर सब-इन्सपेक्टर केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगर शाखा कार्यालयको टोलीले ३४.१ ग्राम हेरोइन बरामद गरेको जनाएको छ। यस्तै उनकै साथबाट भारतीय ८ हजार रुपैयाँ, एक थान मोबाईल पनि बरामद गरिएको छ। बसपार्कस्थित गेष्टहाउसमा ड्रग्स बिक्रिवितरण भैरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले अपरेसन सुरु गरेको थियो। सोही क्रममा साहुले लगाएको ज्याकेटभित्र दाहिने खल्तीमा सेतो प्लाष्टिकभित्र लुकाई…

Read More

धनगढीः अत्तरिया महोत्सवको नक्कली ठेली प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्व अध्यक्ष र बर्तमान अध्यक्ष दुबै जना आज (बुधवार) आठ दिन पछि धरौटीमा छुटेका छन्। उक्त प्रकरणमा मुछिएका अत्तरिया उद्योग बाणिज्य संघका बर्तमान अध्यक्ष कल्याण सिंह बोहरा, र पूर्व अध्यक्ष अशोकराज देबकोटा जनही ५० हजार धरौटीमा रिहा भएका छन्। बुधवार भएको थुनचेक बहस पछि उनीहरुलाई सरकारी ओकिलको कार्यालयले छुटाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीको फरार सूचीमा रहेका वर्तमान अध्यक्ष कल्याणसिंह बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटाले जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेर चैत्र १४ गते आत्म समर्पण गरेका थिए। दुबै जना करिब डेढ महिनादेखि फरार थिए। दुबै जना…

Read More

धनगढी : अछाममा ट्याक्टर दुर्घटना भएको छ। अछामको रामारोसन गाउँपालीका–३ सितारपानीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन्। अछामको जैगढबाट बालुवा बोकेर रामारोसन गाउँपालीका तर्फ जाँदै गरेको से १ त ३१४८ नम्बरको ट्याक्टर रामारोसन गाउँपालीका–३ सितारपानीमा दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ। ट्याक्टर दुर्घटना हुदा चालक कैलालीको घोडाघोडी नगरपालीका–९ का कालीचरण चौधरी घाईते भएका छन्। बालुवा बोकेको ट्याक्टर उकालोमा ब्याक भएर पल्टिएको हो। दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Read More

काठ्माडौं : मकवानपुर प्रहरीले एकै स्थानबाट ठूलो परिमाणको सामान बरामद गरेको छ । ती सामान भन्सार नतिरी नेपाल भित्राएको पाइएकाले बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ । इलाका प्रहरी कार्यालय, मनहरीले नियमित चेकजाँचका क्रममा आइफोन १५ थानसहित लत्ता कपडाहरु बरामद गरेको जनाइएको छ । भन्सार छलेर नेपाल भित्र्याइएका र काठमाडौं लैजाने क्रममा रहेका सामानहरु बरामद गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख एवम् प्रहरी निरीक्षक दिपक थापाले बताए । उनका अनुसार आइफोन १५ सहित विभिन्न कम्पनीका ८२ थान मोबाइल, कुर्ता सुरुवाल सेट २०२ थान, सल ४५० थान, लेडिज कुर्ता २१८ थान, साडी ८८ थान, टिसर्ट ८२० थान, कक सुज…

Read More

धनगढीः नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नयाँ समानुपातिक सांसदमा पार्टीका केन्द्रीय सदस्य तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै बोहरालाई सिफारिस गरेकी हुन्। उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन्। गिरी पार्टीको विधान र नीति विपरीत सरकारबाट फिर्ता नभएपछि उनलाई कारबाही गर्दै टीकापुर निवासी बोहरालाई सिफारिस गरिएको नाउपाले जनाएको छ। पार्टीको निर्णय विपरीत सरकारमा किन गएको ? भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन्। रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो। रञ्जीता पक्षका मानिएका कैलाश चौधरीलाई…

Read More

धनगढी: कञ्चनपुरका उप-प्राध्यापक डा. कृष्ण बहादुर चन्दको निधन भएको छ। आज (बुधबार) उप-प्राध्यापक चन्दको निधन भएको हो। चन्द सिद्धनाथ विज्ञान क्याम्पसका गणित विषयका उप-प्राध्यापक हुन्। उनको हृदयाघातका कारण निधन भएको बताइएको छ। उनको महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा निधन भएको थियो।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन्। उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पठाएकी छन्। पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन्। रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो। लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलको नेता घनश्याम चौधरीलाई निर्देशन दिएका छन्। तर नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन्। गिरी कृषि राज्यमन्त्री छन्। श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरुलाई भने कारबाही गरेकी छैनन्। उनीहरु सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् ।…

Read More