Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ । यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ । अर्कोतर्फ अमेरिकी विदेशमन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए । यहाँ उनले हमास र…

Read More

काठमाडौँ : इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ । त्यस्तै यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिडिरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेका लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाएका छन् । यस क्षेत्रमा २०७९ को आम निर्वाचनमा राप्रपाले ५१० मत…

Read More

धनगढी : सुदूरपश्चिममा नेपाल प्रहरीका हवल्दार, सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले आज (मंगलबार) सरुवा निकालेको हो जसमा १ हजार ७७ जना हवल्दार,सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार यस अगाडि नै हुने भनिएको उक्त सरुवा बझाङमा भएको उपनिर्वाचनका कारण केही ढिला भएको थियो। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले हवल्दार सरुवा मापदण्डलाई कडाइका साथ पालना गर्दै गरिएको जनाएका छन्। केसीले प्रहरी प्रधान कार्यालयले तोकेको मापदण्डअनुरुप सरुवा गरिएको बताए। जसमा स्थायी ठेगाना भएको ठाउँमा नखटाइएको, पूर्व दरबन्दीमा नखटाइएको,…

Read More

काठमाण्ठौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । नौ खेलमा पाँच खेल जितेको लखनउ १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । नौ वटै खेल खेलेको मुम्बई भने तीन वटा मात्रै खेल जितेर नवौँ स्थानमा छ । आइपीएलमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक…

Read More

धनगढी: बैतडी घर भएका कृपाचार्य अवस्थीको निधन भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ धौलाडी बस्ने अवस्थीको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। उनको हिजो राति ९७ वर्षको उमेरमा सिभिल हस्पिटल काठमाडौंमा निधन भएको बताइएको छ।उनी बैतडी जिल्लाकै पूर्बीय दर्शनका मूर्धन्य विद्वान, योगी, वेद र योगअभ्यासका ज्ञाता मानिन्थे।

Read More

धनगढीः धनगढीका एक बालकको हाटखोलीमा डुबेर मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा धनगढी उपमहानगपालिका-४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । ६ वैशाखमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले बोलाएको बैठकमा विश्वासको मत र सरकार विस्तारका बारेमा छलफल हुने बताए । स्रोतकाअनुसार मुख्यमन्त्री सोडारीले मंगलबार नै सरकार विस्तारको तयारी गरेका छन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापालाई मन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । बिहीबार वा शुक्रबार भित्र विश्वासको…

Read More

काठमाडौ : उपनिर्वाचनमा विजयी भएको नेकपा एमालले आज दिउँसो इलाममा विजय सभा गर्ने भएको छ।  सभालाई पार्टी अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ। एमाले उम्मेदवार नेम्वाङ २७ हजार सात सय ७२ मतसहित इलाम २ मा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन्। त्यहाँ पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) मतगणनामा तेस्रो भएका छन्।  उनले ११ हजार चार सय ५७ मत पाउँदा निर्वाचनमा चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन्। मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत…

Read More

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको अनुमान छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना…

Read More

काठमाडौँ : शनिबार उपनिर्वाचन सम्पन्न भएर मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर,  रास्वपाका उम्मेदवार मिलन लिम्बुसहित अन्य १६ उम्मेदवार सो बराबर मत ल्याउन असफल भए ।  इलाम २ मा सदर मत ६८ हजार ४७२ हो भने जमानत जोगाउन कम्तीमा  ६ हजार ४ मत ल्याउनुपर्ने हुन्छ । लिम्बुले ५ हजार ५० मतमात्रै पाए । यस्तै एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी, नेमकिपा, राप्रपा नेपालका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भयो ।  इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ…

Read More