Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा वेवारिसे अवस्थामा शव भेटिएको छ। जिल्लाको टिकापुर नगरपालिका– ४ इन्द्रैयास्थित खेतमा अन्दाजी ४० वर्षीय पुरुषको शुक्रबार दिउँसो शव भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

Read More

डडेल्धुराः डडेल्धुराका एक जना लागूऔषधसहित पक्राउ परेका छन्। अमरगढी नगरपालिका-२ चालिसे मोड नजिकबाट ०.४९५ किलोग्राम लागूऔषध चरेशसहित अमरगढी नगरपालिका ४ का ४३ वर्षीय कमल गुरुङ शुक्रवार दिउँसो पक्राउ परेका हुन्। बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से।७ प। ३६१५ नम्बरको मोटरसाईकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाई छिपाई राखेको चरेस फेला पारी उक्त पदार्थ र मोटरसाईकल सहित गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

धनगढीः धनगढीमा ८ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–६ मट्यारीमा २७ वर्षीय ओमप्रकाश कठायतले संचालन गरेको दकाजी किराना पसलभित्र जुवा खेलिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट नगद ३० हजार ५७५ रुपैयाँ बरामद गरिएको छ भने पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौंः काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशुलीमा खसेको छ। पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका ५, सिमलधारा नजिकैबाट नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको बताइएको छ। बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको मुग्लिङ प्रहरीले जनाएको छ। मृत्यु भएकामा दुई महिला, दुई पुरुष र एक बालिका हुन्। एक जना बेपत्ता रहेको जनाइएको छ। काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कदै गरेको खुलेको छ। दुर्घटनामा परी मृत्यु भएका पाँचै जना काठमाडौंबाट बुबाको दाहसंस्कार गरी गोरखा फर्कदै थिए। पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार क्रिया बस्नको लागि गोरखा फर्कँदै गर्दा दुर्घटना…

Read More

धनगढीः कैलालीको टीकापुरमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्। टीकापुर नगरपालिका ४ इन्द्रैया स्थित खेतमा नामथर नदुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव शुक्रवार दिउँसो फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोलीखटिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी सवार गाडी अर्को सवारीसँग ठोक्किएर दुर्घटनामा परेको छ। आज (शुक्रवार) राति बर्दियाको भुरीगाउँ क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ आइरहेको विङ्गर र पश्चिमबाट पूर्वतिर गइरहेको मिनीबस आपसमा ठोक्किएर दुर्घटना भएको हो। त्यहाँका प्रहरी प्रमुख नमराज शाहीका अनुसार दुर्घटनामा ३ जना विद्यार्थी घाइतेका भएका छन्। घाइते हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने अन्दाजी वर्ष २५ का बिनोद भट्ट, अर्का २५ वर्षीय प्युस पाण्डे र ३४ वर्षीय जयन्तराज जोशी रहेका छन्। उनीहरूसहित एमबिए प्रथम सेमेस्टरका १२ जना विद्यार्थी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो। विद्यार्थीहरु फिल्ड भिजिटका लागि जान लागेका थिए। अहिले घाइते तीनै जनलाई उपचारका लागी कोहलपुर मेडिकल…

Read More

काठमाडौं: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मुलुकको समृद्धिका लागि नागरिक स्वस्थ्य हुनुपर्ने बताएका छन्। भट्टले नागरिकले स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिनुपर्ने बताए। गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा पोखरामा शुक्रबार आयोजित नागरिक आरोग्य अभियान, आयुर्वेद सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले योग, ध्यान, सिद्धि, उचित खानपान एवं आयुर्वेद औषधोपचार गर्ने व्यक्ति दीर्घजीवी हुने गरेको भन्दै प्रदेश आफूपनि ७७ वर्षको उमेरमा स्वस्थ, तन्दुरुस्त भएको दाबी गरे। ‘स्वस्थ जीवन भएमामात्र मुलुकको आर्थिक समृद्धि कायम हुनेछ। योग, ध्यान, साधना र…

Read More

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन अवधि सकिएको छ । तोकिएको अवधिमा मध्यपश्चिम सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदको लागि १० जनाको आवेदन परेको छ । उपकुलपति छनोट तथा सिफारिश समितिले गत मंगलबार तीन दिनको समय थप गर्दै इच्छुक उम्मेदवारले दरखास्त दिन सक्ने सूचना जारी गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालयको १८ फागुनमा सकिएपछि विश्वविद्यालय निमित्तको भरमा चलेको छ ।

Read More

धनगढीः नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन सुदूरपश्चिमका मन्त्रीले नमान्ने भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा विजयी भएकासहित केन्द्रीय सदस्यहरूले निर्देशनको पालना नगर्ने भएका हुन्। उनीहरूले पार्टीको केन्द्रीय कमिटीको टीकापुर बैठकमा गरिएको निर्णयमा समर्थन नरहेको बताएका छन्। नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय संस्थापक सदस्य रहेका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरी, संस्थापक सदस्य लक्ष्मण बहादुर चौधरी र पार्टीको प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य दामोदर पडितले बैठकको निर्णय नमान्ने बताएका हुन्। उनीहरूले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी पछि अर्को विज्ञप्ति निकालेका छन्। नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिमका संसदीय दलका नेता…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको बताएका छन्। प्रहरी समायोजन ऐन र संघीय निजामती ऐन संघीयता कार्यान्वयनका लागि संवेदनशील र अत्यन्त महत्वपूर्ण ऐनहरु आफूले कार्यान्वयनको प्रक्रियामा अघि बढाएकोमा लागेको दाबी समेत प्रधानमन्त्री दाहालले गरे। शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रहरी समायोजना ऐन कार्यान्वयनको प्रक्रियामा लगिएको र संघीय निजामती सेवा ऐन विस्तृत बहसपछि प्रतिनिधि सभामा पेश गरिएकाले सो विधेयक संघीय संसदको दुवै सदनबाट छिट्टै पारित हुने विश्वास समेत व्यक्त गरे। यस्तो छ प्रधानमन्त्रीको भनाइः संघीयताको मूल मर्म नै तीन तहको अधिकार र स्रोतको समन्यायिक वितरण नै हो । त्यसैले तहगत अन्तरसम्बन्ध…

Read More