धनगढी : प्रदेश सभाको बझाङ–१ (१) को मतगणनामा एमालेको अग्रता कायमै रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ।
छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको चार वटा वडाको मतगणना सकिएको छ। जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ।
एमालेका दमनबहादुर भण्डारीले २ हजार ८८८ मतसहित अग्रता बनाइरहेका छन्। दोस्रो स्थानमा माओवादी केन्द्र फेरि तेस्रो स्थानमा झरेको छ।
माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ७८१ मत रहेको छ भने नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार २२८९ मत रहेको छ। एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९८७ मत ल्याएका छन्।
यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।
बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।