Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीका सबै पालिकामा एमालेले अधिवेशन सम्पन्न गरेको छ । जेठ १० गते सुरु भएको अधिवेशन कैलालीका १३ पालिका कमिटी र २ वटा विशेष इलाका कमिटीमा सम्पन्न भएको हो । जिल्लाका १५ मध्ये २ पालिकामा महिलाले नेतृत्व पाएका छन् । धनगढी उपमहानगरपालिकामा अम्बिका विष्ट मल्ल र भजनी नगर कमिटी अध्यक्षमा उर्मिला चौधरी निर्वाचित भएकी छन् । गोदावरी नगर अध्यक्ष सन्तोष सिंह, चुरे गाउँ कमिटी अध्यक्ष दानबहादुर महरा र गौरीगङ्गा नगर अध्यक्षमा पदमबहादुर ऐर निर्वाचित हुँदा घोडाघोडी नगर अध्यक्षमा हेमराज सापकोटा, बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा मधुकर सिजापती मगर, मोहन्याल गाउँ कमिटी अध्यक्षमा बमबहादुर रावल र टीकापुर नगर अध्यक्षमा लक्ष्मण थापा…

Read More

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा आगामी तीन दिन तातो हावा चल्ने बताएको छ। लुम्बिनी र सुदूरपश्चिमको तराई भूभाग केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। धनगढीको अधितकतम तापक्रम सोमबार ४४ डिग्री सेल्सियस थियो। नेपालगञ्जको ४३.६, दिपायलको ४०.७ र वीरेन्द्रनगरको ४०.९ डिग्री सेल्सियस थियो। आइतबार धनगढीको तापक्रम ४२.९, नेपालगञ्जको ४२.६, दिपायलको ४०.२ र वीरेन्द्रनगरको ४०.४ डिग्री सेल्सियस रहेको थियो। शनिबार धनगढीको तापक्रम ४१.९, नेपालगञ्जको ३९.५, वीरेन्द्रनगरको पनि ३९.५ डिग्री सेल्सियस नै मापन गरिएको थियो। गत शुक्रबार धनगढीको ४०.७, नेपालगञ्जको ४०.६, दिपायलको ३८.७, वीरेन्द्रनगरको तापक्रम…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट नियुक्त हुने व्यक्तिले विदेशी नागरिकता र आवासीय अनुमतिपत्र (पीआर) लिएको वा नलिएकोबारे अनिवार्य रुपमा घोषणा गर्न लगाउने निर्णय गरेको छ। गत वैशाख १० गते आयोगले यसबारे निर्णय भएको भन्दै सबै निकायलाई कार्यान्वयका लागि मुख्यसचिवमार्फत निर्देशन दिइएको छ। वैशाख १० गते नै मुख्यमन्त्रीलाई अख्तियारले पत्र लेखेको थियो। यद्यपि सो पत्र रोकिएपछि पुनः जेठ २८ गते पत्र ताकेतापत्र पठाइएको थियो। सोही अनुसार यस्तो निर्णय भएको आयोगले जनाएको छ। सार्वजनिक पदमा रहेका व्यक्ति विदेशी नागरिकता र आवासीय अनुमतिपत्र लिएको भेटिएपछि अख्तियारले यस्तो निर्देशन दिएको हो। बहालवाला सचिवहरूकै विषयमा विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएको उजुरी…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन् । पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले ३० जेठमा स्वीट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । जेनेभाबाट राष्ट्रपति पौडेल १ असारमा बर्लिन जानेछन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा बर्लिन जाने पौडेलले ३ असारमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । जेनेभा र बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।  शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। घिमिरेका अुनसार, शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुन भन्ने उजुरी निवेदनका आधारमा अनुसन्धान हुँदा माध्यमिक शिक्षा परिषद् र बोर्ड अफ हाइस्कूल एण्ड इन्टरमिडियट एजुकेशन, यूपीबाट उत्तीर्ण भएको भनी झुटा शैक्षिक प्रमाण पेस गरेको पुष्टि भएको छ। सोही अनुसार उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदाफा (१) बमोजिमको…

Read More

धनगढी : छिमेकी चीनले टिंकर सीमासम्म सडक बनाउँदै छ । ताक्लाकोट बजारदेखि २२ किलोमिटर पश्चिमतर्फको सडक यसअघि नै निर्माण भइसकेकोमा नेपाल–चीनको सीमास्तम्भ छेउसम्म थप सडक निर्माण भइरहेको छ । कोभिड महामारीताका चीनले टिंकर सीमातर्फ झण्डै ५ किलोमिटर थप सडक निर्माण गरेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । व्यास गाउँपालिका– १ टिंकरभञ्ज्याङको ५ हजार २ सय मीटर उचाइमा दुई देशको सीमा छुट्याउने १ नम्बर सीमास्तम्भ छ । चीनले सीमास्तम्भभन्दा २ सय मीटर तलसम्म सडक निर्माण गरिसकेको वडाध्यक्ष बोहराले बताए । आगामी असार ११ गतेदेखि टिंकर नाका खुल्ने भएपछि चिनियाँ पक्षले सडक मर्मत कार्य गरिरहेको उनले बताए ।  दार्चुलाका प्रमुख…

Read More

धनगढी : एमाले नेता भीम रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन् ।  उनले २ वटा राहदानी र विदेशीसँग विवाह गर्नेमाथि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु स्वागतयोग्य रहेको बताएका हुन् ।   गृहमन्त्री लामिछानेसँग दुई देशको नागरिकता र राहदानी भएको र पोल्याण्डका पत्रकारसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर राज्यको उच्च ओदाहमा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले छानबिन गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिए ।  ‘दुई देशको नागरिकता र राहदानी भएका गृह मन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्री लगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको आदेश दिएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई कैद र जरिवानाको फैसला गरेको हो । गत जेठ १३ मा अदालतले दोषी ठहर गरे पनि सोमबार सजाय निर्धारण गरेको हो । गिरीविरुद्ध उनकै पत्नी आरती रावलले २०८० वैशाख १९ मा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरी मुद्दा दायरपछि निलम्बित भएका थिए । उनले गत वैशाख ३ मा जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

Read More

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन्। आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटकर बलर लामिछाने टिममा भित्रएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए। श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताउँदै उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने पनि बताए। ‘वेस्टइन्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ। विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाईको टी २० मा, अब राम्रो हुनेछ।…

Read More

काठमाडौं : गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । फणिन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जितेका देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका छन् । उनले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए…

Read More