Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित एकजना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका- २ घर भएका ४० वर्षका लक्ष्मण चन्द अवैध सालको काठ सहित पक्राउ परेका हुन । जिल्लाको मेलौली नगरपालिका-७ को हरिपुर बजारबाट चन्दसहित उनले चलाएको सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।ट्रकमा ५ थान गोलिया ओसारीरहेको बुझिएको छ ।अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए ।ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालयमा बुझाइएको छ । …

Read More

धनगढी: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउँदै छन्। नेकपा एमाले कञ्चनपुको जिल्ला अधिवेशन उद्घाटनका लागि ओली कञ्चनपुर आउन लागेका हुन। भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित संविधानचोकमा दिउँसो १ बजे जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले जानकारी दिए। त्यसअघि एमाले अध्यक्ष ओली बिहान पौने ९ बजे कैलालीको धनगढी पुग्ने कार्यक्रम छ। उनले कञ्चनपुरका तीन ठाउँमा भवन उद्घाटन गर्ने कार्यक्रम छ। सुरुमा ओलीले कञ्चनपुरमा दोधारा चाँदनी नगरपालिका– ६ को वडा कार्यालय उद्घाटन गर्ने छन्। त्यसपछि दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्ने कार्यक्रम छ। त्यसपछि महेन्द्रनगरको मदन भण्डारी आधारभूत विद्यालयको भवन उद्घाटन गरेर ओली…

Read More

कैलाली ।कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका-१ पदमा अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपको ठक्करबाट  पैदल यात्री गोदावरी नगरपालिका-१ का ७० वर्षीय वासुदेव खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ  ।ठक्करबाट गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीसँग मिलेर सरकार बनाउन आफू मुख्यमन्त्री छोड्नसम्म तयार रहेको बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कांग्रेसका सांसदहरूलाई बोलाएर उनले यस्तो बताएका हुन् ।प्रमुख सचेतक विक्रमसिंह धामीले सांसदहरूलाई मुख्यमन्त्रीले बोलाएको खबर गरेका थिए । साँझ ५ बजेदेखि करिब २ घण्टा मुख्यमन्त्री कार्यालयमा शाहले आफ्ना सांसदहरूसँग सरकार अल्पमतमा परेको अवस्थाबारे ब्रिफिङ गरेका थिए । छलफलमा कांग्रेस प्रमुख सचेतक धामीसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, मानबहादुर रावल, प्रकाश बम, गीता चौधरी, तुलसी देवकोटा र मेघराज खड्का उपस्थित थिए । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीलाई ल्याउँदा पनि सरकार जोगिने सम्भावना कम रहेको…

Read More

धनगढी : बुधबार महेन्द्रनगरमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र भारतको चम्पावत जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा स्थानीय स्तरमा रहेका चासोका विषय र समस्याका विषयमा छलफल भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए । ‘विशेषगरी भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा व्यवस्था र अन्य विषयमा छलफल भएको छ’ प्रजिअ अधिकारीले भने । ‘लगत्तै हुने पूर्णागिरी मेला व्यवस्तित गर्ने विषयमा पनि दुबै पक्ष सहमत भएका छौं ।’ बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप र लागुऔषध नियन्त्रण लगायतका विषयमा दुबै देशका सुरक्षा अधिकारीहरू सहमत भएका छन् । भारतको चम्पावतका…

Read More

काठमाडौं : मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी उनले अस्तित्वमा नै नभएको मान्छे आफ्नो आमा नाता नजाई वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Read More

बैतडीः बैतडीमा कैद सजाय पाएका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका २ का ३८ वर्षीय राजेन्द्र सिंह धामीलाई मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कर्तव्य ज्यान मुद्धामा ८ वर्ष ११ महिना कैद सजाय भई फरार रहेका धामीलाई स्थानिय बजारबाट पक्राउ गरिएको हो ।  डडेल्धुरामा २०७१ सालमा भएको विहेमा दुलाह र दुलहीपक्षबीच भएको झगडामा एक जनाको मृत्यु भएको थियो । सोही घटनामा उनि संलग्न रहेको बुझिएको छ । यस्तै बुधबार थप ३ जना पक्राउ परेका छन् । बिस्फोटक पदार्थसम्बन्धित कसुर मुद्धामा एक महिना १९ दिन कैद सजाय सुनाइएका जिल्लाको दशरथचन्द नगरपालिका…

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छिन् । तर, फरक विचार भएकै कारण आफूहरुको परिवार नफुट्ने उनको प्रष्टीकरण छ । नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए । दिउँसो संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै रञ्जिताले बिहान रेशमले स्ट्याटस लेख्दा आफूँसँगै रहेको बताइन् । ‘हिजो हाम्रोबीचमा छलफल भएको थियो । म र रेशमजीले पार्टीगत रुपमा बसेर छलफल गरेका थियौं । त्यही अनुसार उहाँले लेख्नुभएको हो’ रञ्जिताले भनिन् । आफूहरुका बीचमा फरक विचार भएकै कारणले परिवार नफुट्ने पनि उनले बताइन् । ‘पार्टीगत रुपमा…

Read More

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा लागेको ताला अझै खुलेको छैन्। आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै करिब दुई महिनाअघि ताला लगाइएको थियो। सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ, कर्मचारी संघ र समायोजन संघर्ष समितिले सुरुमा आंगिक बनाइएका १५ वटै क्याम्पसको समायोजन प्रक्रिया टुंग्याउनुपर्ने माग गर्दै गत माघ ८ देखि ताला लगाएका हुन्। सेवा आयोगले कैलाली बहुमुखी क्याम्पसको समायोजन प्रक्रिया अघि बढाउन विज्ञापन खोलेपछि ताला लागेको हो। कर्मचारी संघले प्रशासनमा ताला लगाएको छ भने प्राध्यापक संघले सेवा आयोगका पदाधिकारीदेखि प्रशासन सबै ठाउँमा ताला लगाएको छ। सिनेटले पास गरेका कुरा पनि सेवा आयोगले लागु गर्न आनाकानी गरेको कर्मचारी संघका सभापति रामबहादुर चन्दले…

Read More

काठमाडौं : हङकङमा जारी टी-२० सिरिज क्रिकेटको उपाधि पिएनजीले जितेको छ । नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी-२० सिरिजको उपाधि जितेको हो । हङकङमा पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो । नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा पिएनजीका सेसे बाउ, काबुआ मोरिया, सेमो काम र चाड सोपरले २–२ विकेट लिए । यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । हङकङका…

Read More