काठमाडौं – नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ । जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – १० वर्षे सशस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्। ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको छ । पालिकाले गाउँसभाबाट नीति तथा बजेटमा सो कुरा समावेश गरेको थियो । गाउँपालिकाको कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद, बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने ताराखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा शसस्त्र द्वन्द्वका क्रममा राज्यको तर्फदेखि २१ जना शहीद र दुई जना वेपत्ता भएका थिए भने विद्रोही माओवादीको तर्फबाट चार जना शहीद गरी २७ जनालाई…
काठमाडौँ – सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो । कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ । राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप पनि सो पार्टीले लगाएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठूलो माछामाथि हात हाल्न डराउँछ भन्ने कुरा नेपाली जनतालाई थाहा छ । त्यही भएर अख्तियारले पनि कर्मचारीमाथि मात्र मुद्दा दायर गरेको छ ।’ मधेस…
काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले गएका चार वर्षमा बैठक भत्ता, भ्रमण भत्ता र अनुगमन भ्रमणमा ९२ करोड ८९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार अनुगमन मूल्याङ्कन र अनुगमन भ्रमणमा मात्रै करिब ३९ करोड रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७५-७६ देखि ०७८-७९ सम्ममा पदाधिकारीको बैठक भत्ता, पदाधिकारीको अन्य सुविधा, पदाधिकारीको अन्य भत्ता, कर्मचारीको बैठक भत्ता, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण र अन्य भत्ता शीर्षकमा १ अर्ब ५ करोड ३० लाख विनियोजन गरेको थियो । त्यसबाट प्रदेशसभाका पदाधिकारीको भत्ता सुविधामा ३ करोड ९५ लाख ५५ हजार ७ सय ८५ रुपैयाँ खर्च भएको छ । जसअन्तर्गत पदाधिकारीहरूको…
काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकले प्रतिनिधि र प्रदेशको निर्वाचन मिति ताेक्ने सम्भावना छ। हिजो गठबन्धनको बैठकले आउँदाे मंसिर ४ का लागि चुनाव तोक्न सरकारलाई आग्रह गरेको थियो। सोही निर्णयबमोजिम आजको मन्त्रिपरिषद् बैठकले मिति तोक्ने सम्भावना छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्। उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए। त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ…
काठमाडौं – सुदूरपश्चिम प्रदेशमा एकैदिन ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा पाँच सय ४६ जनाको परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ३०, कैलालीका २१ र बैतडीका तीन जना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका सात, गौरीफन्टाबाट छ र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा सङ्क्रमण निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण…
काठमाडौं – देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन । त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका छन्। दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए। बालुवाटार बैठकमा सम्भवतः आगामी प्रदेशसभा र संघीय निर्वाचनको मिति तय हुन सक्नेछ।
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । राप्रपाले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा बुधबार देशका ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको हो। त्यसैक्रममा राजधानीको माइतीघर मण्डालामा पनि प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरुले निधारमा कालोपट्टी बाँधेका थिए। माइतीघरदेखि बबरमहलसम्म र्याली निकालेर प्रदर्शन गरिएको हो। राप्रपाका विभिन्न भ्रातृ संगठनको संयुक्त आयोजनामा प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा संवैधानिक राजसंस्था कायम गर्न माग गरिएको छ ।
काठमाडौं – त्रिभुवन विमानस्थलबाट भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयले उक्त जहाजमा आतंकवादी रहेको सूचना पठाएपछि सिआईबीले उड्न लागेको जहाजलाई रोकेर यात्रुमाथि खानतलासी गरेको थियो । ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो । पक्राउ परेका दुईजना श्रीमान् श्रीमती रहेको पनि प्रहरीले जनाएको छ । उनीहरुको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।