धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाले ईलाका प्रहरी कार्यालय सुख्खडका नयाँ डिएसपी दिपेन्द्र कुमार पाललाई स्वागत गरेको छ । आईतबार गाउँपालिका कार्यालय परिषरमै नयाँ सरुवा भएर आएका डिएसपि पालको स्वागत गरिएको हो । ईलाका प्रहरी कार्यालयमा सरुवा भएर आएको १ महिनापछि गाउँपालिका कार्यालयले पालको स्वागत गरेको हो । आईतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवँर सहितको टिमले डिएसपी पाललाई स्वागत गरेको थियो । स्वागत कार्यक्रममा बोल्दै डिएसपी पालले शान्ति सुरक्षामा आफु कटिबद्ध रहेको बताइए । उनले शान्ति सुरक्षा अमन चयनमा पालिकाको समेत महत्वपूर्ण भूमिका रहने भएकोले सहयोग र सहकार्य गर्न पनि आग्रह गरे ।
Author: महेन्द्रनगर पोष्ट
बाजुरा : बाजुरामा हेलिकोप्टरमार्फत सुत्केरी र गर्भवतीको उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचार गराइरहेकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । दश दिनकी सुत्केरी कार्कीलाई उच्च ब्लड प्रेसरका कारण कोल्टीबाट रिफर गरिएको डाक्टर प्रतिक न्यौपानेले बताए । गर्भवती महतराको पहिलो सन्तान पाउँदा अप्रेसन गरेको र दोस्रो सन्तान समेत अप्रेसन गर्नुपर्ने हुँदा जटिल प्रकृतिको समस्या भएकाले रिफर गरिएको बताइएको छ । सुत्केरी र गर्भवतीको अवस्था जटिल भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालय अन्तरगत राष्ट्रपति महिला…
धनगढी : कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट, धनगढी उपमहानगरपालिका–१५ कनरी र टीकापुर नगरपालिका–१ नयाँबस्तीबाट करिब ३४ हजार ५४० मुल्य बराबरको प्राउन, पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाँउ बाट करिब २४ हजार ६ सय मुल्यको पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका अबैध सामान इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
काठमाडौं : जापानी विदेशमन्त्री योको कामिकावा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उत्रिएकी छन्। श्रीलंकाको दुईदिने भ्रमण सकेर उनी एकदिने नेपाल भ्रमणमा आएकी हुन्। उनलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थल पुगेकी थिइन्। परराष्ट्र मन्त्रालयका अनुसार योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्। उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। योको आजै स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।
काठमाडौं : नेपाल सरकारले एक सयको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णयमा भारतले असन्तुष्टि जनाएको छ। चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सएकल निर्णयको अर्थ छैनरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिँदै उनले आफूले नेपाल सरकारको निर्णय सुनेको तर यस विषयमा भारतको स्पष्ट धारणा रहेको बताए। उनले भने‘ ‘सीमा क्षेत्र र नक्साका विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको अर्थ छैन। धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्छ। यसमा हामी प्रष्ट छौं।’ गत बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो। एक…
ललितपुर : ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित एक टहरोमा आइतबार आगलागी भएको छ । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए । उनका अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । किस्ट हस्पिटल नजिकै पर्ने स्थानीय बाफल भन्ने स्थानमा भएको आगलागी नियन्त्रणका लागि दमकलसहित कमेकिलको समेत प्रयोग गरिएको उनको भनाइ छ । प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै…
धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका पछिल्ला अभिव्यक्तिलाई हेरेर सुदूरपश्चिममा दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिने बताउनुभएको हो । अध्यक्ष ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले गए राति ओली निवासमा भेटेर विश्वासको मत दिने/नदिने विषयमा छलफल गर्नुभएको थियो । छलफलमा अध्यक्ष ओलीले विश्वासको मत नदिनका लागि नेताहरुलाई निर्देशन दिनुभएको थियो । ‘छलफलका क्रममा ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न भन्नुभएको छ,’ एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले भन्नुभयो…
धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७ देवरियाबाट २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक रानालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ७२० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान प्रहरीले जनाएको छ ।
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंकसहित पञ्जाव छैटौं स्थानमा रहेको छ । त्यसैगरी चेन्नईले भने १० खेलमा ५ जित र ५ हार बेहोरेको छ । १० अंकसहित चेन्नई अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यसैगरी दोस्रो खेल लखनउ सुपर जाइन्ट र कोलकोता नाइट राइडर्सबीच हुदै छ…
काठमाडौं : जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणका लागि आइतबार (आज) काठमाडौं आउँदैछिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन् । उनले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । जापानकी विदेशमन्त्री योको आजै स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।