धनगढी : कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट, धनगढी उपमहानगरपालिका–१५ कनरी र टीकापुर नगरपालिका–१ नयाँबस्तीबाट करिब ३४ हजार ५४० मुल्य बराबरको प्राउन, पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाँउ बाट करिब २४ हजार ६ सय मुल्यको पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका अबैध सामान इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
Facebook Comments Box