Author: महेन्द्रनगर पोष्ट

रुपन्देही : पश्चिमनवलपरासीको पाल्हीनन्दन पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आगलागीमा ८ वटा बाख्रा पनि मरेको डिएसपी रेशम बोहोराले जानकारी दिएका छन्। आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो । गर्मी बढेसँगै हावाहुरी चल्दा तराइका जिल्लामा आगलागीको जोखिम थप बढेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुर प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार प्रतिबादीलाई पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय र ७० हजार जरिवाना ठहर भई फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–६ सुकासाल बस्ने ५१ वर्षीय करन चन्दलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले २०८० माघ ८ गते चन्दलाई फैसला सुनाएपछि उनी फरार रहेका थिए। उनलाई पक्राउ गरी सजाय भुक्तानका लागि अदालतमा पेस गरिएको छ ।

Read More

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने…

Read More

झापा : भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । पूर्वी नाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया हिजो भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेका छन । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताएका छन । चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो…

Read More

काठमाडौं : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुदै छ । यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन् । एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने बताए । बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट( चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए । यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।…

Read More

काठमाडौं : धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौंको कोटेश्वरबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका–९ स्थित मूलघाट(रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको हो। माइक्रोबस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।

Read More

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् । ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपराहन्न ४स् १५ बजेदेखि शुरु हुने छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको थियो । तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ । त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र…

Read More

काठमाडौं : इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा अहिलेसम्म दिल्ली क्यापिटल्सले ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादले ६ खेलमा चार जित र २ हारसहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ । दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा…

Read More

आजमिति २०८० साल वैशाख ८ गते शनिवार तदअनुसार अप्रिल १९तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वादशी तिथी, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने…

Read More

काठमाडौँ : चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए । उनले भने, ‘श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार छ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यवसायिक…

Read More