Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई धरौटीमा छोडेको हो । जिल्ला न्यायाधीश डा। श्रीप्रसाद उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । आदेशमा दीपेशसँग ४ लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटीको मागिएको छ । गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको सुप्रिम सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका…

Read More

काठमाडौँ : नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जङ्गी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने भए पनि दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ ।

Read More

धनगढी : सुदूरपश्चिममा भागबन्डा मिलाउन सत्ता गठबन्धनमा रहेका दलहरू छलफलमा बसेका छन्। शुक्रबार बिहान धनगढीमा मन्त्रालयको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनका दलहरूबीच छलफल भइरहेको स्रोतले जनाएको छ। नेकपा एकीकृत समाजवादी पार्टीका दीर्घ सोडारी बिहीबार मुख्यमन्त्री बनेसँगै गठबन्धनमा रहेका दलले कुन-कुन मन्त्रालय लिने भन्नेबारे छलफल भइरहेको हो। सोडारीसँगै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि बिहीबार नै भौतिक पूर्वाधार मन्त्रीको शपथ ग्रहण गरेका थिए। उक्त पार्टीकै टीका थापालाई पनि मन्त्री बनाउने चर्चा छ। छलफल चलिरहेको भए पनि भागबन्डा मिलाउन सकस भइरहेको स्रोतले बतयो। त्यस्तै यसबारे सबैलाई चित्तबुझ्दो मन्त्रालय प्रदान गरी मन्त्रिपरिषद विस्तार गर्ने सरकारको तयारी छ। हाल मुख्यमन्त्री सोडारीलाई नेकपा एमाले, नेकपा माओवादी…

Read More

बैतडीः जंगलमा लागेको आगोबाट बैतडीको दुई घरमा आगलागी भएको छ। पञ्चेश्वर गाउँपालिका–४ भनकुडा स्थित जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो। सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन, लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको र उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको छ ।

Read More

काठमाडौं : साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो। नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सन्दीप जोराले सर्वाधिक ५० रन जोडे। गुल्सन झाले २० र करन केसीले १७ रन बनाए। इनिङ्सको…

Read More

काठमाडौं : आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटे छन् । आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा जलेर रेउसरीको घटनास्थलमै मृत्यु भएको हो ।त्यसैगरी आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न जाँदा जलेर बीरबहादुरको मृत्यु भएको हो । आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही ठाउँ बस्ने जित बहादुर बोटेको कच्ची घर र कच्ची…

Read More

काठमाडौं : ओमनमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड मा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल समूह ए को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

Read More

धनगढी : सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री भएको २४ घण्टा नबित्दै दीर्घ सोडारी अल्पमतमा परेका छन । नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएपछि नेकपा एकीकृत(समाजवादी) का तर्फबाट बिहीवार साँझ मुख्यमन्त्रीको सपथ लिएका सोडारी अल्पमतमा परेका हुन् । प्रदेश सभा सदस्य थापाले आफूमाथि धोका भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मन्त्री नहुने बताएकी हुन् । मन्त्रालय फुटाउने कुराको आफू बिरोधी भएको र मन्त्रालयहरु फुटाएर सोडारीले प्रदेशलाई अनावश्यक भार थप्न खोजेको उनको आरोप छ । प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य कैलाश चौधरी र टीका थापाको समर्थनमा सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।…

Read More

बाजुराः बाजुरामा दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन्। बिहीवार दिउँसो सोही ठाउँको नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। जिल्लाको जगन्नाथ गाउँपालिका–२ बस्केना बस्ने नन्दबहादुर शाहको छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी १३ वर्षीया सन्जु कुमारी शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । सोबिना र सन्जु सहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकाको सकुशल उद्दार गरिएको छ ।नदीमा बगेर बेपत्ता भएका दुई बालिकाहरुको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई दुबै बालिकाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सँग विपिन जोशीको परिवारले भेट गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा हमासको कब्जामा रहेका जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा प्रधानमन्त्रीसँग जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि अनुरोध गरेकोे छ। आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे।

Read More