Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरी बर्खास्तीमा परेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रबार राति मन्त्रीमण्डल विस्तार गरेसंगै चौधरीको मन्त्री पद खोसिएको हो । उनको ठाउँमा इन्दिरा गिरीलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी खोसिएपछी चौधरीले समाचार हेरेर थाहा पाएको प्रतिक्रिया दिएका छन । उनले पार्टीभित्र पनि कुनै सल्लाह बिना आफ्नो मन्त्री खोसिएको बताएका छन । उता नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले पनि सल्लाहबिना आफ्ना सांसदहरू मन्त्री भएको भन्दै कारबाही गरिने बताएकी छिन् । मुख्यमन्त्री शाहले सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा…

Read More

धनगढी : नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूलाई नागरिक उन्मुक्ति पार्टीले कारबाही गर्ने भएको छ। केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारलाई समर्थन गरिरहेको नागरिक उन्मुक्तिका तीन जना मन्त्रीले शुक्रबार साँझ सूदुरपश्चिम सरकारमा सहभागी हुँदै सपथ लिइसकेका छन्। तर यो निर्णय आफूहरूको सल्लाहबिनै भएकाले उनीहरूलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन्। शुक्रबार अध्यक्ष श्रेष्ठले भनिन्, ‘उहाँहरू सरकारमा जानु भएछ। सपथ खानु भयो भन्ने मैले पछि थाहा पाएँ। अल्पमतको सरकारमा जाने पार्टीको नीति थिएन। हामी भोलि छलफल गर्छौं र उहाँहरूलाई कारबाही हुन्छ। त्यहाँका संसदीय दलका नेताले हामीसँग सल्लाह पनि नगरी निर्णय गर्नु भएको छ।’…

Read More

धनगढी : अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा थप तीन मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले रिक्त रहेको मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीका नयाँ मन्त्री नियुक्त गरेका हुन । नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गर्न गरेका छन् । उनीहरु तीनै जनाले अहिले प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा रहेको छ । सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा…

Read More

धनगढी : धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ । बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा महाशिवरात्रिका अवसरमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । पुष्प वर्षा दिउँसो ३ बजे पुष्प वर्षा गरिएको हो । त्यस्तै अपराह्न दुई करोड २५ लाख बत्ती बालिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीद्वारा केही दिनअघि रु १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिएको थियो । हेलिकप्टर भाडाबापत रु ११ लाख…

Read More

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री मन्त्रीमण्डल विस्तार गरेका छन् । स्रोतका अनुसार ३ रिक्त मन्त्रालयमा मन्त्री थप गरिएको हो। मुख्यमन्त्री शाहले रिक्त रहेका आर्थिक मामिला मन्त्री र एक राज्यमन्त्रीसहित एक बिना विभागीय गरेर ३ मन्त्री थपेको र आजै सपथ हुने बताइएको छ। शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री र खुसिराम चौधरीलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेको स्रोतले जनाएको छ। तत्कालीन समयमा सुदूरपश्चिम सरकारमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारबाट बाहिरिएपछि नयाँ मन्त्री नियुक्त गरिएको हो। संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा गएपछि…

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० आई वरीयतामा नेपाली खेलाडीले छलाङ मारेका छन् । ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडीले ठूलो सुधार गरेका छन् । टी-२० आई वरीयताको ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औं स्थानमा छन् । रोहित भन्दापछि भारतका ईशान किशन ५५ औं स्थानमा छन् । जिम्बावेका सिकन्दर राजा ६० औं र भारतका शुभमन गिल ६५ औं स्थानमा छन् । नेपालका दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा छन् । ७० औं स्थानमा बंगलादेशका अफिफ हुसेन र नामिवियाका जेजे स्मिथ पनि छन् । यी तीन खेलाडीको समान ४४५ अंक…

Read More

धनगढी : नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट २ सयबढीले सेवा लिएका छन् । ११४ औं अन्तराष्ट्रिय महिला (नारी) दिवस तथा महाशिवरात्रीको अवसरमा शिवपुरीधाम मन्दिर परिसरमा शिविर आयोजना गरिएको थियो । शिविरबाट ७३ जना महिला र १ सय ३५ जना पुरुष गरि जम्मा २ सय आठ जनाले स्वास्थ्य सेवा लिएका छन् । संघकी सुदूरपश्चिम प्रशासन सचिव टेक कुमारी गाहा मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्ट , ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक…

Read More

काठमाडौं : इसराइल-प्यालेस्टाइन युद्धले बिथोलिनेहरू धेरै छन् र त्यसको बाछिटा नेपालसम्मै छ। त्यही बाछिटाले नेपालका विपिन जोशीका परिवारलाई आशा र निराशाकाबीचमा बेचैन तुल्याएको छ। छोरा फर्किएर आउने आशमा आँखा बिछ्याएर बसेका विपिनको परिवारले उनीहरूको अवस्थासमेत थाहा पाउन सकेका छैनन। तर धेरैतिरबाट उनीहरूको चासो र खोजी हुनै छोडेको छ, खबर ओझेलमा परिरहेको छ। विपिन इसराइलमा बेपत्ता छन् सरकारले उनीहरूको अवस्था पत्ता लगाउन कूटनीतिक प्रयास गरे पनि सफलता भने मिल्न नसकेको जवाफ दिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा-३ का २३ वर्षीय जोशी पढ्न इसराइल गएका थिए। इसराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो। उनी सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत् इसराइल…

Read More

काठमाडौं : नेपाली सेनाको प्रवक्तामा गौरबकुमार केसी तोकिएका छन् । नम्बर ३ बाहिनी अड्डा पोखराका केसीलाई निमित्त निर्देशकको जिम्मेवारीसहित जनसम्पर्क तथा सूचना निर्देशनालयमा खटाइएको छ । सेनाले अस्ति गरेको काज नियुक्तिमा १४ जना उच्च अधिकृतहरुको जिम्मेवारी परिवर्तन गरिएको जनाइएको छ । यसअघिका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीलाई निमित्त अभिलेखायपतिको जिम्मेवारीसहित सैनिक अभिलेखमा पुर्याइएको छ । सहायक रथीहरुमध्ये अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयका भुवनपूर्ण सत्याललाई नम्बर १९ वाहिनी अड्डामा निमित्त वाहिनीपति, सोही वाहिनीका अनिल सिंहलाई पश्चिम पृतना हेडक्वार्टर र नम्बर २६ वाहिनी अड्डाका सुनिल घलेललाई उपत्यका पृतना हेडक्वार्टर लगिएको छ । त्यसैगरी २१ नम्बर वाहिनी अड्डाका धनबहादुर थापालाई पूर्वी पृतना हेडक्वार्टर,नम्बर…

Read More

धनगढी: सुदूरपश्चिमको बैतडी पुर्ख्यौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) को निधन भएको छ। आज (शुक्रबार) हाल काठमाडौंमा बस्दै आएका पूर्व कर्नेल सुवर्ण बिष्टको निधन भएको हो। स्रोतका अनुसार हृदयाघात भएर उनको निधन भएको हो। उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए। उनी केही दिनअघि भाईरल ज्वरोबाट ग्रसित थिए। उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाईलट हुने पुराना पाँच जनामध्ये पर्छन्। उनी नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) हुन्। स्वर्गीय बिष्टका एक छोरा र एक छोरी र पत्नी छन्। उनको आज राति पशुपती आर्यघाटमा दाहसंस्कार गरिने बताईएको छ।

Read More