धनगढीः पति रेशमलाल चौधरी र पत्नी रञ्जिता श्रेष्ठबिच सम्बन्धमै दरार देखिएको छ । रेशम–रञ्जिता बिच बढेको खटपटको विषय बाहिरिएको छ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमले पतिपत्नीबिच बढेको खटपटको विषय आफैले सार्वजनिक गरेका हुन्। रेशमले पत्नी रञ्जितासँगको विवाद सामाजिक सन्जालमा फेसबुकमा छताछुल्ल पारेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबिच विवाद छ। यो विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं जान लागेको उनले बताएका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितालाई अ?ले भड्काइरहेको उनको बताएका छन ।
‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौँ।
तिमी सोझी र अन्जान छ्यौ तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए।’ रेशमले अघि लेखेका छन्, ‘यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो,’ उनले भने, ‘यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन्।
तर अब रोकिनुहुन्न। संवादको सु?वात गरे दुवैको मन हल्का होला। नबिर्सनु रन्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन्।
वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याई राखेका मात्रै हुन्।’ उनले अरूको कुरा नसनेर पार्टीहीतमा काम गर्न आग्रह समेत गरेका छन्। ‘तिमिले यत्ति बुझ्नु रन्जु, हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ? यो दुवै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो,’ उनले अगाडि भनेका छन्, ‘तिमिलाई मेरो सुझाव छ रन्जु, अहिले केहिदिन ३ तत्वबाट टाढा रहनु, छोरी भन्नेसँग, भाउजू भन्नेसँग, भान्जी भन्नेसँग। यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ।’
संरक्षक चौधरीले मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिन आग्रह गरेका छन्। ‘जसले तिमिलाई मन्त्री ज्यु भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो।
अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु। केवल २ जनाको मात्रै वार्तालाप होस्। एक आपसमा मन माझौँ,’ उनले भनेका छन्, ‘मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ। हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ। यसैमा दुवैको भलाइ छ र पार्टीको कल्याण पनि।’