Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाली सेनाले स्थापना दिवस मनाउने भएको छ। नेपाली सेनाले हरेक वर्ष आफ्नो स्थापना दिवस महाशिवरात्रीको दिन मनाउदै आएकोमा यसपाली पनि दिवस मनाइदै छ। सोही अनुरुप सुदूरपश्चिमको धनगढीमा महाशिवरात्रीको दि सेना दिवस मनाउने तयारी छ। श्री सुदूरपश्चिम पृतना हेड क्वाटरद्वारा “महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवको अवसरमा धनगढीस्थित कवर्ड हलको खेल मैदानमा फागुन २६ गतेदेखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाइने जनाइएको छ। यस्ता छन् आयोजित कार्यक्रमहरु

Read More

काठमाडौं: सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आजदेखि अवकाशमा गएका छन्।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोश्रो वरियतामा रहेका न्यायाधीश खतिवडा उमेर हदका कारण अवकाशमा गएका हुन्। २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका खतिवडा त्यसअघि २० वर्षभन्दा बढी जिल्ला अदालत र पुनरावेदन अदालतको न्यायाधीश थिए।

Read More

धनगढी: बैतडीका अग्रज पत्रकार जीतसिंह थापाको निधन भएको छ। नेपाल पत्रकार महासंघ बैतडी शाखाका संस्थापक सदस्यसमेत रहेका अग्रह पत्रकार थापाको बुधवार साँझ ७३ बर्षको उमेरमा निधन भएको हो। स्रोतका अनुसार उनी लामो समयदेखि दम रोगबाट पीडित थिए। थापाको दथरथचन्द नगरपालिका-८ पुजारागाउँ भट्टाडस्थित निवासमै निधन भएको हो। वि.सं. २००७ सालमा जन्मिएका थापाले लामो समय भारतीय राष्ट्रिय दैनिक अमर उजालामा काम गरेका थिए। स्वर्गीय थापाका श्रीमती, २ छोरा र १ छोरी छन्। उनी भुतपुर्व इन्डियन आर्मी पनि हुन्। उनले फौजम्मै हुदा पनि पत्रकारिताको अभ्यास गर्ने गरेको बताइन्छ। राम्रो लेखन क्षमता भएका उनले सामाजिक काम र पत्रकारितासँगै नेपाली काँग्रेसको राजनीति पनि गरेको निकटस्थहरुको…

Read More

काठमाडौं : सहकारी ठगी प्रकरणमा फरार रहेका अभियुक्त गीतेन्द्र (जीबी) राई सिगांपुरमा पक्राउ परेको हल्ला फैलिएको छ। सोसल मिडिया र विभिन्न सञ्चार माध्यममा राई पक्राउ परेको हल्ला फैलिएको हो। तर उनी हालसम्म पक्राउ नपरेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी भीम ढकालले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनले पक्राउ परेकोबारे आफूलाई जानकारी नभएको जिकिर गरे। पोखराको सूर्यदर्शन सहकारी लगायतका विभिन्न सहकारी ठगी प्रकरणमा उनी फरार छन् भने उनका तत्कालीन पार्टनर रबि लामिछाने भने हिजोमात्र गृहमन्त्री भएका छन्। अहिले राईलाई पक्राउ गर्न इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएको छ। सहकारीका बचतकर्ताले आफूहरुको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि उनी…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्री नरेश शाहीलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई पनि हटाएको जनाइएको छ । यस अघि माओवादीका तीन मन्त्रीलाई हटाइएको थियो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एसका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

Read More

धनगढी : धनगढी उमहानगरपालिका-३ त्रिनगर भन्सारबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जय सांउद र गोदावरी नगरपालिका-१ लालपुर बस्ने २० वर्षीय अन्जली सुनार रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक हवल्दार सन्तोष महरा र प्रहरी जवान परमानन्द कपाडीको नेतृत्वमा खटीएको प्रहरी टोलीले त्रिनगर भन्सारबाट पक्राउ गरेको हो । सन्जयको साथबाट १ ग्राम र अन्जलीको साथबाट ४ सय मिलिग्राम लागु औषध (खैरो हेरोईन) समेत प्रहरीले बरामद गरेको छ । दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : कैलालीको टीकापुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ समितिपुरका २१ वर्षीय २१ को रेशम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी सहायक निरक्षक तारा बहादुर ठकुल्लाको नेतृत्वमा खटीएको प्रहरी टोलीले चौधरीलाई जानकी गाउँपालिका-१ दुर्गौलीस्थित सडकखण्डबाट पक्राउ गरेको हो । उनको साथबाट ४ सय २० मिलिग्राम लागु औषध (खैरो हेरोईन) समेत बरामद गरेको छ । चौधरीलाई हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : नयाँ गठबन्धनको सरकार बनेसँगै सुदुरपश्चिमका दुई जना सांसद मन्त्री बनेका छन्। मन्त्री बन्नेमा नेकपा एमालेको तर्फबाट दामोदर भण्डारी मन्त्री बन्ने भएका छन्। बैतडीबाट प्रतिनिधीसभामा निर्वाचित भण्डारी दोश्रो पटक उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री बनेका हुन्। भण्डारी यस अघि केपी ओली नेतृत्वको ९ महिने सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए। भण्डारी तेश्रो कार्यकालका लागि मन्त्री बनेको अवसरमा उनको गृहनगर पाटनमा दिपावली मनाइएको छ । लगातार तीन पटक संघीय चुनाव जित्दै तेश्रो पटकका लागि मन्त्री पदमा पुगेको अवसरमा साझँपख पाटनमा दीप प्रज्वलन गरि दिपावली मनाइएको नेकपा (एमाले) बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । यस्तै एकीकृत समाजवादी पार्टीबाट…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिका–५ आलीमा ‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार भएको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ११ जनाविरूद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ । उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार गर्ने नाममा ८४ लाख ८६ हजार रुपैयाँ सरकारी रकम नोक्सान गरेको तर नर्सरी स्थापना नै नभएको भन्दै अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्रीविरुद्ध मुद्दा चलाएको…

Read More

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय…

Read More