डोटी: डोटीमा एक जनाको शव फुला परेको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ स्थित सिद्ध बाबा मन्दिर नजिक खोलामा पुरुषको शव फेला परेको हो। वडा अध्यक्ष जगत बहादुर मल्लका अनुसार शनिवार साँझ नाम, ठेगाना वतन नखुलेका पुरुषको शव फेला परेको छ। जङ्गलमा घाँस काट्न गएका स्थानीय महिलाले शव देखेपछि खबर गरेका थिए। वडा सदस्य र स्थानीय प्रहरी घटना गएका थिए।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
धनगढीः कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समुह ‘बि’ बाट युथ अफ टीकापुरले सेमीफाइनलमा स्थान समेत पक्का गरेको हो। शनिबार सम्पन्न पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली बहुमुखि क्याम्पसलाई पराजित गर्दै समुह चरणमा जितसँगै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन बनाउन सक्यो। खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै युथ अफ टिकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो। साथै टीकापुरका गौतम केसी प्लेयर अफ द…
डडेल्धुरा : समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मतबहादुर सिंह चयन भएका छन्। शनिबार धनगढीमा भएको प्रथम प्रदेश अधिवेशनमा सिंह निर्विरोध अध्यक्षमा चयन भएका हुन्। १५ सदस्यीय समितिको उपाध्यक्षमा तपेन्द्र कुँवर, उपाध्यक्ष (समावेशी)मा शर्मिला रोकाया, महासचिवमा डिलबहादुर सिंह, सचिवमा सन्तोषप्रसाद जैसी र कोषाध्यक्षमा समिक्षा जोशी चयन भएका छन्। यस्तै, सदस्यमा उमेश शाही, जनक थापा, निशा साउँद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउँद र राजेन्द्र बिक चयन भएका छन्। अध्यक्षमा चयन भएपछि सिंहले संगठन निर्माणका लागि सधैं तत्पर भएर लाग्ने प्रतिक्रिया दिए। उनले एकल निर्णयभन्दा पनि संगठनसँगै लागेर हरेक निर्णय गर्ने बताए।
रौतहट : ११ हजार भोल्टको बिजुलीको तार चुँडिएर खस्दा रौतहटमा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय माधवनारायण नगरपालिका(७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको हो। खेत जोतिरहेका बेला एक्कासी करेन्ट प्रवाह भएको ११ हजार भोल्टको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ। रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार उक्त स्थानमा पहिले पनि विद्युत सर्ट भएर आगो देखिने गरेको थियो। स्थानीयले विद्युत प्राधिकरणको लापरबाही रहेको आरोप लगाएका छन्।
काठमाडौं: पक्राउ पूर्जी जारी भएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । जिल्ला अदालत काठमाडौंबाट उनलाई पक्राउ पूर्जी जारी भएको थियो । अदालतले मंसिर १८ गते प्रकाण्डसहितलाई प्रकाउ पूर्जी जारी गरेको थियो । रुाज्यविरुद्धको कसूर भन्दै उनीसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाईसमेत पूर्जी जारी गरिएको थियो ।
मन्थली : दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा १४ वर्षअघिदेखि निर्माणाधीन शान्तिपार्क निर्माणकार्य सम्पन्न नहुँदा अलपत्र परेको छ । विसं २०६६ देखि यो पार्क निर्माणका नाममा नेपाल सरकारबाट रु दुई करोड ५० लाख बजेट खर्च भइसकेको भए पनि यो योजना सम्पन्न हुन सकेको छैन । योजना सम्पन्न नभएपछि सबै निर्माणाधीन संरचना अलपत्र अवस्थामा छन् । निर्माणका लागि प्रयोग भएका फलामे समान हराउन र चोरी हुन थालेका छन् भने बालुवा र सिमेन्टमार्फत बनेका संरचना भत्किसकेका छन् । दोरम्बा–२ दोरम्बा बजार नजिक सल्लेनी वनमा निर्माणाधीन उक्त शान्तिपार्कका लागि क्रमागत बजेट आउने आशामा विनियोजित बजेटभन्दा बढीको लागत अनुमान गरेपछि निर्माण कार्य सम्पन्न नभई अलपत्र परेको…
काठमाडौँ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् । गत मंगलबार राति छातीमा असहज भएर गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका श्रेष्ठलाई भेट्न पूर्व राष्ट्रपति भण्डारी शनिबार दिउँसो पुगेकी हुन् । पूर्व राष्ट्रपतिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेकी उनको सचिवालयले जनाएको छ ।
काठमाडौँ : नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने गरेको निर्णयप्रति आपत्ति जनाउँदै एसिया इन्टरनेट कोअलिसन नामक व्यापार संघले सरकारलाई पत्र पठाएको छ । सन् २०१० मा ईबे, गुगल, नोकिया, स्काइप र याहूले संयुक्त रूपमा स्थापना गरेको यो संस्थाले एसिया प्रशान्त क्षेत्रमा सार्वजनिक नीतिका मुद्दाहरूलाई सम्बोधन गर्न र इन्टरनेट अर्थतन्त्रको विकासलाई सहज बनाउन सरकारी एजेन्सीहरूसँग पहल गर्दछ । गत डिसेम्बर ५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सचिव कृष्णबहादुर राउत र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई संयुक्त रूपमा पठाइएको पत्रमा कुनै विस्तृत छलफल बिना नै निर्देशिका र…
काठमाडौँ : काठमाडौँसहित देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा सोही महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । महोत्तरी, भंगाहा नगरपालिका-५ सितापुरदेखि बटेश्वर जाने बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोस्तकिन दफाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् । काभ्रे, तेमाल गाउँपालिका-३ पचुवारघाटस्थित सुन कोशी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कैलाली, जानकी गाउँपालिका-८ पहाडीपुरस्थित कुलरिया सिँचाइको कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष शुक्रबार मृत…