Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको अत्तरियाबाट लागु औषधसहित एक जना पक्राउ परेका छन्। शुक्रबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ३५ वर्षीय राजेश सुनार पक्राउ परेका हुन। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले २.९२० मिलिग्राम लागुऔषधसहित अत्तरियाबाट पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ। से ४ प १४३० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–०१ प ९७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा बिहीवार राती दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–५ देउकलियाका ३९ वर्षीय चनकलाल चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज  कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते एक जनाको घोडाघोडी अस्पताल र एक जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि कहिल्यै क्षम्य नहुने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १९१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताए । उनले विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न निर्देशन दिए । गृहमन्त्री लामिछानेलेले शान्ति सुरक्षा प्रवद्र्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराए । सङ्गठनको लामो इतिहासको जगेर्ना गर्ने नवप्रवेशी अधिकृतको काँधमा जिम्मेवारी रहेको उल्लेख गर्दै…

Read More

काठमाडौँ– आधारभूत तालिम पुरा गरेर नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे। प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमारा परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन्। दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन्। कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पास आउट भएर कार्यक्षेत्रमा जान लागेका इन्स्पेक्टरहरुले इमान्दार र व्यवसायीक भएर जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ। धावनमार्गमा खाल्डो परेपछि शुक्रबार मध्याह्न एक घन्टाका लागि विमानस्थल बन्द गरिएको हो। रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको लागि विमानस्थल बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल बन्द भएसँगै एक घन्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू पनि बन्द भएका छन्।

Read More

काठमाडौं : न्याय सेवा आयोगले तीन जना सहसचिवलाई सचिवमा बढुवा तथा पदस्थापन गरेको छ । आयोगको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो । कायम मुकायम नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई न्याय सेवा आयोगले नायब महान्यायाधिवक्तामा बढुवा तथा महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गरिएको छ ।​ त्यसै गरी सर्वोच्च अदालतका सह-रजिस्टार यमबहादुर बुढा मगरलाई न्याय परिषद्को सचिवमा बढुवा तथा पदस्थापन गरिएको छ । भने न्यायपरिषद्का कायम मुकायम सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिस्ट्रारमा बढुवा तथा पदस्थापन गरिएको छ ।

Read More

काठमाडौं : नेपालमा पुन कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनाेमसिक्वेन्सिङ कोभिड-१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो।  राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको काेभिड-१९ काे ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ। हालै गरिएको ४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा, ओमिक्रोन (केपी.२) एक नमुनामा र ओमिक्रोन (केपी.३) (केपी.४) क्रमशः १ नमुनामा भेटिएको हो। छिमेकी मुलुक भारत र चीनसहित…

Read More

काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका बिच प्रतिनिधि सभाको शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ । प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समय र विशेष समय हटाइएको जानकारी गराएका थिए ।  प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने गरि स्थगित भएको जानकारी गराएका थिए ।

Read More

काठमाडौं : विपक्षी दलहरूको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सहकारीको रकम अपचलन गरेको मुद्दालाई सडकमा पनि संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय भएको शाहीले बताए । ‘सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने कुरा भएको उनको भनाइ छ । विपक्षी दलको बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी,…

Read More

काठमाडौं : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठकमा आज पनि निष्कर्षविहीन भएको छ । संसदीय छानविन समितिको कार्यादेश (टिओआर) टुङ्ग्याउन बसेको कार्यदल बैठकमा नेपाली कांग्रेस केही लचक बनेको छ । यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले छलफल जारी रहेकाले केही समयपछि पुन नेताहरुसँग छलफल गरेर बैठक बस्ने बताए । उनकाअनुसार  नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ । 

Read More