Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशको एकीकृत फोहोर व्यवस्थापन उपकरण ‘माइक्रोवेभ’ खरिद प्रकरणमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास समितिले मन्त्रालयले छानविन गरि तयार पारेको प्रतिवेदनलाई लत्याउँदै नयाँ प्रतिवेदन तयार गर्ने तयारी गरेको छ । आइतबार बसेको समितिको बैठकले –‘विज्ञ टोली गठन गरि फोहोर व्यवस्थापन उपकरण खरिदमा लाग्ने शूल्क, ठेक्का प्रक्रियामा अपनाइएका आधार लगायतमा नयाँ प्रतिवेदन तयार गर्ने’ निर्णय गरेको हो । समितिलेनै सो उपकरण खरिदका लागि ठेक्का प्रक्रियाका क्रममा कुनै एक कम्पनिलाई पर्ने गरि स्पेसिफिकेशन तयार पारेको भन्दै मन्त्रालयलाई अनुसन्धान गरि प्रतिवेदन पेश गर्न निर्णय गरेको थियो । मन्त्रालयले नियमअनुसारनै काम भएको प्रतिवेदन समितिमा पेश गरेपछि समितिले कम मूल्य पर्ने उपकरणमा बढी मूल्य…

Read More

काठमाडौँ : पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन् । उनी गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका छैनन् । तर, पूर्वराजा शाह र कोमल भने काठमाडौँ फर्किसकेका छन् । गैंडाकोटमा रहेका पारसले गत बुधबार चितवनको भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् । भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल…

Read More

काठमाडौँ । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । उनले किन विष सेवन गरेकी हुन् थाहा हुन नसकेको र त्यस विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Read More

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको ९औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक भएको छ। आज (मंगलबार) एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले लोगो सार्वजनिक गरेका हुन्। लोगोमा जिल्लाका सातवटै स्थानीय तहको नक्सा, परशुराम धाम र महाकाली नदीलाई समेटिएको छ। अधिवेशन यहीँ फागुन ३० गते परशुराम नगरपालिका-१२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरिसकेको छ। फागुन अन्तिम साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ।

Read More

धनगढीः कैलालीमा एक एक १५ वर्षीया किशोरी गर्भवती भएकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ कि १५ वर्षीय किशोरी गर्भवती भएकि हुन्। उनी गर्भवती भएपछि घटनामा संलग्न विरुद्ध मुद्दा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो। माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो। उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन। किशोरकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ। फागुन ७ गते मात्र घटना प्रहरीमा आएको हो। तर, किशोर फरार छन्। चौमाला क्षेत्रका नेताहरुले घटनामा मिलापत्रका गर्न पहल गर्दै आएको आरोप समेत…

Read More

बैतडी–बैतडीमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिँदा चालक घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-८ साँफेबगर भन्ने स्थानमा सतबाँझ –श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहँदा माथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर पुरिएको र उक्त स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का २६ बर्षीय आनन्द गिरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।  मंगलबार दिउँसो सडक खन्ने क्रममा जागृति मुनाल कन्सट्रक्सनको स्काभेटर पहिरोमा पुरिएको हो । पहिरोले स्काभेटर पुरिँदा घाइते भएका चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । गिरीको घाँटी र कम्मरमा चोट रहेको छ…

Read More

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा बेहोस अवस्थामा फेला परेका युवकको मृत्युु भएको छ। आज (मंगलबार) आलिताल गाउँपालिका-८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु बिकको मृत्यु भएको हो। बिकको घर डोटीको जोरायल गाउँपालिकाका-१ भानाकोट रहेको बुझिएको छ। बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जोगबुढा अस्पतालका इन्चार्ज जितेन्द्र चाैधरीले जानकारी दिए। मृतक बिक ट्याक्टर चालक हुन्। ईलाका प्रहरी कार्यालय जोगबुढाका इन्सपेक्टर गगनसिंह भाटका अनुसार ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए। सहचालकले खबर गरेपछि घटनास्थलबाट एम्बुलेन्समा जोगबुढा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेकाे उनले जानकारी दिए।…

Read More

धनगढी: कैलालीको खानीडाँडामा अस्ति ट्रक र खलासीलाई कारबाही गर्न खोज्दा झडप भएको छ। प्रहरीले ओभरलोड रहेको ट्रक र सहचालक (खलासी) लाई नियन्त्रणमा लिएर जरिवाना काट्ने क्रममा विवाद भएर आपसमा झडप भएको हो। झडपका क्रममा खलासी रोशन बिष्ट अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मिनबहादुर रावतसहितका प्रहरीद्वारा कुटिएका हुन्। रावतले धनगढीबाट बाजुरा जाने क्रममा ओभरलोड रहेको ट्रक इन्ट्री गर्ने क्रममा विवाद भएको थियो। त्यहाँ विवादका क्रममा ट्राफिक प्रहरीसहित सादा पोसाकमा नेपाल प्रहरीको टोली थियो। खलासीले इन्ट्री नगर्न नमानेपछि विवाद भएको प्रहरीको भनाई छ। यता, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रावतले भने सो विवाद सामान्य भएको…

Read More

धनगढी : लघुवित्तका ऋणीहरु संसद भवनभित्र प्रवेश गरेर नाराबाजीमा उत्रिएपछि सिंहदरबार, बालुवाटार र बानेश्वर क्षेत्रमा सुरक्षा निगरानी बढाईएको छ । निषेधित क्षेत्र घोषणा गरिएको सो क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।  बानेश्वर क्षेत्रमा आज ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर त्यहाँ हिंड्न रोक लगाइएको छ भने प्रहरीले चेकजाँच पनि बढाएको छ । हिजो आन्दोलनकारीको एक समूह संसद बैठक चलिरहेका बेला जबर्जस्ती संसद भवनभित्र छिरेको थियो । आज पनि आन्दोलनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्नसक्ने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको…

Read More

धनगढी: कैलालीमा एक नाबालकले युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। हिजो (सोमबार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्तिकरणी गरेका हुन्। प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि ती नाबालकले ३ मिनेट करणी गरेको स्वीकार गरेका छन्। उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ। करणी गरेको युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो। करणी गर्ने नाबालकलाई हिजै जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा पठाइएको छ। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More