Author: महेन्द्रनगर पोष्ट

धनगढी : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठकपछि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ । सो पार्टीको फागुन १०, १३, १५ र १६ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो । बैठकको निर्णयअनुसार पार्टीले बिहीबार मातहतका कमिटीमा सर्कुलर पठाएको हो । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा सुदूरपश्चिममा पार्टीमा देखिएको समस्याबारे विशेष उल्लेख गरिएको छ । जसमा माओवादीले सुदूरपश्चिम प्रदेशसभा दलको नेता परिवर्तनको सन्दर्भमा सम्बन्धित तहको पार्टीको निर्णय विना प्रदेशसभा दलले गरेको दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरिएको छ । ‘सो निर्णयमा…

Read More

काठमाडौं : फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइन विरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली घोषणा गरेको एन्फाले जनाएको छ । नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । प्रारम्भिक टोली ५ नयाँ खेलाडी छन् । जसमा डिफेण्डर अजय चौधरी, एन्जल महर्जन र दीपेन्द्र विक तथा मिडफिल्डर रोहन कार्की र फरवार्ड समिर तामाङ छन् । प्रारम्भिक टोली गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दिप कार्की र अभिषेक बराल डिफेन्डर : अजय चौधरी, अनन्त तामाङ, एइन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा,…

Read More

काठमाडौं : नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ। नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो। अन्तिम ‍ओभरमा नामिबियालाई १२ रन चाहिदा नेपालका करण केसीले ८ रन मात्र खर्चिए। यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो। अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ। अब शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे वा नामिबियामाथि नेदरल्यान्ड्सले आइतबार जित निकाले नेपाल फाइनलमा स्थान बनाउनेछ। फाइनल मंगलबार हुनेछ। खेलमा दीपेन्द्रसिंह ऐरीले दुई बलमा दुई विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। दीपेन्द्रले १६औं ओभरको…

Read More

धनगढी: दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) भवन शिलान्यास गरिएको छ। बिहीबार सुन्सेरामा स्थापना हुने विओपी भवनको शिलान्यास गरिएको हो। जसको निर्माणका लागि सरस्वती रिठगडे जेभीसंग एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको बताइएको छ। सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार पाण्डेले विओपीको शिलान्यास गरेका थिए। जहाँ दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्कराज पन्त, व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवर, गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति बुद्ध देवकोटा, व्याँस गाउँपालिका वडा नम्बर…

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतविरुद्ध सर्वोच्चमा पुगेको छ। ४ वर्षअघि डोटीमा सामुदायिक वनको काठ तस्करीको मुद्दामा अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो। अख्तियार स्रोतका अनुसार काठ तस्करी गर्दा तत्कालीन इलाका प्रहरी कार्यालय विपीनगर, डोटीका इन्सपेक्टर नृपबहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष चक्रबहादुर साउद समातिएका थिए। त्यसपछि अख्तियारले छानबिन गरेकोमा विशेष अदालतले भने उनीहरूलाई सफाइ दिएको थियो। सफाइ दिएपछि त्यसमा असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्चमा पुगेको हो। विशेष अदालतको गत असार २० गतेको फैसलाले प्रतिवादीहरुलाई सफाई दिएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार, सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा…

Read More

धनगढी: कैलालीको एक नगरपालिकाले तीनवर्ष अगाडि सामान किनेकोमा उधारो नतिरेको पाइएको छ। जिल्लाको भजनी नगरपालिकाले उधारोमा कैलालीकै एक व्यापारीबाट सामग्री खरिद गरेकोमा उधारो नतिरेको पाइएको हो। ३ वर्षसम्म पनि तत्कालीन पालिका प्रमुख, उपप्रमुखले खरिद गरेका सामानको पैसा असुल नभएपछि व्यापारीले आफ्नो सामान फिर्ता लगेका छन्। स्रोतका अनुसार व्यापारीले नगरपालिकामा लगाइएको कार्पेट, बोर्डहरु लगायतका सामान उठाएर लगेका हुन्। अहिलेका मेयर, उपमेयरले पनि भुक्तानी नदिएपछि व्यापारीले सामान फिर्ता लगेको बताइएको छ। हाल सो नगरपालिकामा मेयर केवल चौधरी छन् भने उपमेयर राजु तिरुवा छन्। यस विषयमा बुझ्न खोज्दा उनीहरु फोन उठाउदैनन्।

Read More

धनगढी: नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा जिल्ला पार्टी सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवालबीच माइन्यूट खोसाखोस भएको छ। बिहीबार मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा राखिएको जिल्ला कार्यसमितिको बैठकम लफडा भएको हो। उक्त बैठकमा मुख्य आमन्त्रितको रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह थिए। तर, बैठक सुरु नहुँदै सभापति भट्ट र उपसभापति बडूवाल बिच माइन्यूट खोसाखोस भएपछि विवाद उत्पन्न भएको हो। जिल्ला कार्यसमितिको बैठकमा उप–सभापति भीम बडूवालको नाम माइन्यूटमा उल्लेख नभए पछि विवाद सृजना भएको थियो। बैठक सुरु नहुँदै उप–सभापति बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए। आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति दत्त भट्ट सँग उप–सभापति बडूवाल झोकिएका…

Read More

काठमाडौं: सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आह्वान गरेको छ। शुक्रबार सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो। चैत १८ गते सम्म अनलाइनमार्फत पनि तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ।

Read More

धनगढी : नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दिपक बहादुर सिहंले व्यक्तिगत ५० हजार पुरस्कार घोषणा गरेका छन् । वाफ महिला च्याम्पियनसिपको जोर्डनविरुद्ध नेपाली टिमले फाइनल खेल्दैछ । पहिलो हाफमा नेपालले १ ० गोलको अग्रता बनाएको छ । साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी हुन् । २९औं मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् । प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।

Read More

धनगढी : सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नायव महानिरीक्षक (डिआइजी)को एउटा पदमा बढुवा प्रक्रिया अघि बढेको छ । फागुन ३ गते बढुवा हुन चाहने सम्भावित उम्मदेवारहरुलाई फाराम भर्न औपचारिक सूचना प्रकाशित गरिएपछि उक्त प्रक्रियाले गति लिएको बताइन्छ । बढुवाको निम्ति चार जना वरिष्ठ उपरीक्षक (एसएसपी) सम्भावित उम्मेदवार देखिएका छन् । पहिलो नम्बरमा अघिल्ला वर्षहरुमा झैँ यसपटक पनि कृष्णराज पाठक नै छन् । त्यसपछि क्रमशः दिपक अधिकारी,मनिष थापा र कृष्ण ढकाल रहेको बुझिएको छ । नेपाल प्रहरीमा सई (प्राविधिक) छँदा सशस्त्रमा स्थानान्तरण भएका पाठकलाई यसअघिको बढुवामा छुटाइएको थियो । त्यतिबेला उनलाई पछाडि पारेर जुनियरहरु अगाडि गएका थिए । एक वर्षअघि ‘कार्यसम्पादन…

Read More