Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको टिकापुरबाट तीन युवक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा बर्दिया राजापुर-१० बस्ने सुवास गौतम परेका छन । गौतम ११० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् । इलाका प्रहरी टीकापुरको टोलीले उनलाई कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट पक्राउ गरेको हो । यस्तै कैलालीको जानकी गाउँपालिका–७ का २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषध सहित पक्राउ परेका छन् । उनीहरूको साथबाट ३०० मिलिग्राम लागुऔषध फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरूलाई शनिवार साँझ पक्राउ गरेको हो ।

Read More

काठमाडौं : चारवटा फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई उच्च निगरानीमा राखेको छ । निजामती कर्मचारीहरुको अभिभावकको भूमिकामा रहेको व्यक्तिलाई भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश जाने भन्दै आइतबारसम्ममा आफ्नो भूमिकावारे सोच्न अख्तियारले मुख्यसचिव अर्याललाई सुझाव दिएको उच्च स्रोतले बतायो । ‘बहालवाला मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश प्रवाह हुने भयो, समग्र निजामती सेवाप्रति नै नकारात्मक धारणा बन्ने भएकाले हामीले सकेसम्म आफ्नो भूमिकाबारे विचार गर्नुहोस् भनेको हो,’ अख्तियार स्रोतले भन्यो, ‘आइतबारसम्म पर्खन्छौं । नभए कुनै निर्णय गरेर अघि बढ्नुपर्ला ।’ मुख्यसचिव अर्यालमाथि नियमित निगरानी गरिरहेको अख्तियारले उनी माथिको अरु उजुरीमा पक्राउ गर्नुपर्ने अवस्था आउनसक्नेसम्मको…

Read More

धनगढी : मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो । भारतको पुनाबाट छ, मुम्बई र हिमाञ्चलबाट चार/चार, साङ्ग्ली र दिल्लीबाट तीन/तीन, पञ्जाव र पिथौरागढबाट दुई/दुई तथा गुजरातबाट एक गरेर एक वर्षको अवधिमा २५ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिइन्। उनका अनुसार विभिन्न प्रलोभनमा पारेर खुला सीमाको फाइदा उठाएर दलालले नेपाली चेलीलाई भारत लैजाने गरेका छन् । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा खुला सीमा चुनौती बनिरहेको उनको भनाइ छ । “खुला सीमा प्रमुख…

Read More

धनगढी : आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ । दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार हुने दाबी गरिएको छ। भोलि अर्थात पर्सीभित्र मन्त्रीमण्डल विस्तार हुने भनिएको हो। जसअनुसार प्रदेश सभा सदस्य बेलबहादुर रानामगरले आफू मन्त्री बन्ने छन्। नेपाली काँग्रेसका प्रदेश सभा सदस्य रानामगरलाई प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गर्ने सहमति भएसँगै मन्त्रीमण्डल विस्तार हुने भएको बताइएको छ। रानामगरले आफू अहिले काठमाडौंमा रहेको र पर्सीसम्ममा सपथ हुने महेन्द्रनगरपोष्टलाई जानकारी दिए। सत्तारुढ गठबन्धनको साझा सरकार रहेको सुदूरपश्चिममा नेपाली काँग्रेसका मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री र आन्तरिक मामिमा तथा कानुनमन्त्री छन्। यस्तै सामाजिक विकास र वनमन्त्री एवं राज्यमन्त्री माओवादीका रहेकोमा कृषिमन्त्री एवं राज्यमन्त्री नागरिक उन्मुक्ति पार्टीका र अर्थमन्त्री नेकपा एकीकृत समाजवादीका छन्।

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ्नो आत्मरक्षा गरेको दाबी गरेका छन् । नगर प्रहरीमाथि रडले आक्रमण भएपछि बाध्य भएर उनीहरूले आत्मरक्षाका लागि बल प्रयोग गरेको जिकिर गरेका हुन् । उनले नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ताहरू भएको पनि दाबी गरे । ‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् । उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाएका छन् । फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको…

Read More

धनगढी: फ्रेन्च लिग वानमा नेपालकी स्टार साम्बाले पहिलो गोल गरेकी छिन । अन आभान्ट ग्वेंगाम्पबाट फुटबल खेलिरहेकी साम्बाले आज लिले विरुद्ध भएको खेलको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेकी हुन । गर या मरको अवस्थाको खेलमा साम्बाको क्लब अन आभान्ट ग्वेंगाम्पले लिले विरुद्ध पेनाल्टी मार्फत स्ट्रोभाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर सब्सिचुटमा आएकी साम्बाले ९१ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाइन ।

Read More

धनगढी : अछामको वैद्यनाथ धाममा जारी कोटीहोम महाय‍ज्ञमा आगलागीबाट क्षती भएको हवनकुण्ड आज रातीनै पुनर्निर्माण गरिने भएको छ । शनिबार कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर आगलागी भएको थियो । आइबतार (भोली) बिहान क्षमा पुजा गरेर महायज्ञ नियमित सुचारु हुने आयोजकले जनाएको छ । अछाममा फागुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञ अहिले पनि जारी छ। १ सय ४४ बर्षपछि सो कोटीहोम महायज्ञ लागेको हो। कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ। सो कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए।

Read More

काठमाडौं : मछिन्द्र एफसीले केपी ओली कपको उपाधि जितेको छ। शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा न्यूरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। अन्तिम पेनाल्टीमा एनआरटीका विवेक गुरुङको प्रहार कप्तानसमेत रहेका गोलकिपर विशाल श्रेष्ठले छेकेपछि मछिन्द्र च्याम्पियन बनेको हो। केपी ओली कपको पहिलो संस्करण पनि मछिन्द्रले नै जितेको थियो। त्यतिबेला सातदोबाटोलाई हराएर मछिन्द्रले उपाधि जितेको थियो। उपाधि जितेसँगै मछिन्द्र एफसीले नगद ११ लाख र उपविजेता एनआरटीले ५ लाख प्राप्त गर्नेछन्।

Read More

धनगढी : नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह चोपडा चयन भएका छन् । शनिबार डोटीमा सम्पन्न प्रथम अधिवेशनले चोपडाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शाखाको उपाध्यक्षमा लाल बहादुर खड्का, महासचिव कृतबहादुर कुवँर, कोषाध्यक्षमा आईजंग कुवँर तथा सदस्यहरु पदमसिंह महरा, तेजबहादुर भुल र तेजनारायण झा रहेका छन् ।

Read More