काठमाडौं: उत्तराखण्डको प्रसिद्ध नानकमत्ता गुरुद्वाराका प्रमुख बाबा तरसेम सिंहलाई गोली हानी मार्ने सुटर अमरजीत सिंहको इन्कान्टर गरिएको छ। भारतीय प्रहरीको उत्तराखण्ड एसटीएफ र हरिद्वार पुलिसले भगवानपुर थाना क्षेत्रमा उनको इन्काउन्टर गरेका हुन्।
प्रहरीका अनुसार एक सुटर मुठभेडमा मारिएका छन् भने उनका अर्का सहयोगी फरार छन्। अहिले एसटीएफ र प्रहरी उनको खोजीमा जुटेका छन्। हालै नानकमत्तामा तरसेम सिंहको मोटरसाइकलमा आएका दुई बन्दुकधारीले गोली हानी हत्या गरेका थिए।
उत्तराखण्डका प्रहरी महानिदेशक (डीजीपी) अभिनव कुमारका अनुसार इन्काउन्टरमा मारिएका अमरजीत सिंह उर्फ बिट्टुको खोजीका लागि १ लाख रुपैयाँको इनामसमेत राखिएको थियो। यस्तै प्रहरीले सो घटनामा अन्य ७ जना योजनाकार र सहयोगीलाई पनि पक्राउ गरेको छ।
र, यो पनिः नानकमत्ता हत्याकाण्ड: पक्राउ पर्नेको संख्या ७ पुग्यो, सुटर फरारै
नानकमत्ता हत्याकाण्ड: १० लाखमा सुपारी दिने ४ जना पक्राउ, सुटर नेपाल छिरे ?
नानकमत्ता हत्याकाण्डका सुटरमाथि ५० हजारको इनाम घोषणा
नानकमत्तामा सिंहको दिनदहाडै गोली हानेर हत्या