महेन्द्रनगर: नेपाल-भारत जोडिएको क्षेत्रमा भारतीय नागरिकको दिनदहाडै गोली हानेर हत्या भएको घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उत्तराखण्डको उद्यमसिंह नगर प्रहरीस्थित नानकमत्ताका नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या प्रकरणमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारतीय प्रहरीका अनुसार गुरुद्वारामा वर्चस्व कायम गर्न १० लाखको सुपारी दिएर तरसेम सिंहको हत्या भएको खुलेको छ। अहिलेसम्म घटनाका मुख्य योजनाकारसहित चारजना पक्राउ परेका छन् भने उनीहरूको साथबाट २ कार पनि बरामद गरिएको छ।
यस्तै गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्नेहरूले अग्रिम १ लाख ६० हजार लिएका थिए र हत्यापछि ५ लाख लिएर भागेका थिए।
दिलबाग सिंहका छोरा लक्ष्मण सिंह, अमनदिप सिंह उर्फ कालाका छोरा कुलदिप सिंह, हरमिन्दर उर्फ पिन्दीका छोरा मल्कोत सिंह र बलकार सिंहलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले सुपारी दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
प्रहरीका अनुसार हत्यारा सुटर बिलासपुर रामपुरका सुरेन्द्र सिंह र पन्जावका स्वरुप सिंह भने फरार रहेका छन्। उनीहरु नेपाल पसेको हुनसक्ने बताइएको छ।
अस्ति (बिहीबार) नेपाल-भारत सीमा रहेको वनवासाबाट ३० किलोमीटर टाढा रहेको भारतीय सहर उद्यमसिंह नगर जिल्लाको नानकमत्तामा नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या गरिएको थियो।
र, यो पनि: नानकमत्ता हत्याकाण्डका सुटरमाथि ५० हजारको इनाम घोषणा