Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले सत्ता गठबन्धन सरकारमा सहभागी नहुने बताएका छन्। बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सत्ता गठबन्धनमा सहभागी नहुने बताएका हुन्। नागरिक उन्मुक्तिको सांसद संख्या थोरैमात्र भएको बताउँदै अहिले नै सरकारमा सहभागी नहुने अध्यक्ष चौधरीले बताए। ‘अबको सत्ता गठबन्धन सरकारमा हामीले धेरै विचार विमर्श गरी विवेक पुर्‍याएर मात्रै सहभागी हुनुपर्छ। हामीभन्दा ठूला दलहरूलाई नियाल्यौं। एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी, नेपाली कांग्रेस सबै पार्टीको अवस्था हेर्‍यौं,’ उनले भने, ‘यसो हेर्दा हामीलाई लाग्यो, हामी त सानो पार्टी जम्मा संघमा चार जना, प्रदेशमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश गरेर जम्मा १२ जना सांसद छन्।…

Read More

डडेल्धुरा : डडेल्धुराबाट कैलालीको अत्तरियातर्फ गइरहेको इलेक्ट्रिक भ्यान दुर्घटना भएको छ । बुधबार दिउँसो गोदावरीको भ्यागुत्ते पानीमा सुपप्र ०२००१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जना यात्रु घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ । ब्रेक लगाउँदा भ्यान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो । नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन् । प्रदेश सरकारमा समेत एक मुख्यमन्त्री नेकपा एसले दावी गरेको छ । त्यसमा गठबन्धनका शीर्ष नेता सकारात्मक छन् ।

Read More

काठमाडौं : नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।

Read More

काठमाडौं : नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

Read More

धनगढीः मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी बल, नेपालका ४२ वर्षीय नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्यालको ‘सुसाइड नोट’ भेटिएको छ। मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख बस्यालको ‘सुसाइड नोट’ फेला परेको हो। नोटमा बस्यालले आफूले राजीखुशी प्राण त्याग्ने निर्णय गरेको बताएका छन्। आफ्नो काम सही र दुरुस्तपूर्वक गर्न नसकेको उल्लेख गर्दै उनले अन्जानमा संगठनमाथि आँच आउने कार्य भएको गुनासो गरेका छन्। लेखेका छन्,‘फागुन २१ गते म उपेन्द्र बस्याल होसहवासमा आफ्नो प्राण त्याग गर्दैछु। कारण म मेरो कार्यक्षेत्रमा सही दुरुस्त हुन सकिन। आफू आफैंले कुनै काम गरी देखाउने चक्करमा म आफैंले सही छु। समय नै दिनुपर्नेमा आफैंले…

Read More

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ। करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन। पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ। पैँतिसरपैँतिस मिटरका दुई स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि विसं २०७३ भदौ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। पटक–पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीको ढिलासुस्तीले काम अघि बढ्न नसकेको स्थानीय बताउँछन्। समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन्। पक्की पुल नहुँदा वर्षात्मा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले…

Read More

धनगढी: केन्द्रमा सत्ता गठबन्धन फेरिएर सुदूरपश्चिममा नेपाली काँग्रेसका मुख्यमन्त्रीले नेकपा माओवादी केन्द्रका सबै मन्त्री बर्खास्त गरेपछि समर्थन फिर्ता लिएको छ। सुदूरपश्चिम प्रदेश सरकारबाट केन्द्रको सत्ता नेतृत्वको दल माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको हो। आज (बुधबार) बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश सभा सदस्य ओम विक्रम भाट सरलले जानकारी दिए। अस्ति केन्द्रमा गठबन्धन फुटेर नयाँ समीकरण बनेकोमा हिजोमात्रै  मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाइ बर्खास्त गरेका थिए।त्यसपछि आज माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। हिजो मुख्यमन्त्री शाहले माओवादीका सामाजिक विकास मन्त्री झपट साउद,…

Read More

काठमाडौँ : धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा…

Read More