Author: महेन्द्रनगर पोष्ट

 काठमाडौं : नेकपा एमालेले  छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा एमालेले यस्तो माग गरेको हो । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आएको छ । आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले भने, ‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन्,’ विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् ।

Read More

काठमाडौं : आईसीसी लिग-२ अन्तर्गत नेदरल्यान्डसँगको जारी खेलमा नेपालले ९३ रन बनाउँदा पाँचौँ विकेट गुमाएको छ। पाँचौँ विकेटका रूपमा दिपेन्द्रसिंह ऐरी आउट भएका हुन् । ११ बलको सामना गरेका ऐरी १ रन बनाउँदै २७.४ ओभरमा रनआउट भएका हुन् । यसअघि नेपालको चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल आउट भएका थिए । ४० बल खेलेका पौडेल १६ रन बनाउँदै आउट भएका हुन् । पौडेलको विकेट नेदरल्यान्डसका आर्यन दत्तले लिएका हुन् । नेपालले ८७ रन बनाउँदा चार विकेट गुमाएको थियो । त्यस्तै ५४ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका रूपमा कुशल मल्ल आउट भएका हुन् । मल्लको विकेट…

Read More

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ता शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य पन बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १३९५ रुपैयाँमा कारोबार…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलको बारा,बरेनियास्थित बोर्डर आउटपोस्टमा आगलागी हुँदा हतियार नष्ट भएको छ । भारतीय सीमाना नजिकै भाडाको घरमा भएको आगलागीमा मानवीय क्षति भने हुन पाएन । सशस्त्र स्रोतका अनुसार आगलागीमा ६ थान एसएलआर जलेको छ । टिनको छानो भएको उक्त घरमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हिजो साँझको आगलागीमा त्यहाँ तैनाथ कर्मचारीका सबै कपडा, खाद्यान्न पनि जलेको छ।

Read More

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । दादुरा/रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो । यही फागुन १३ गतेदेखि प्रदेशभरि एकसाथ सुरु हुने खोप अभियानमा नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका तीन लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालय डोटीका खोप कार्यक्रम स्रोत व्यक्ति मीनराज जोशीले जानकारी दिए । कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका र अन्य सात जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका…

Read More

कञ्चनपुर : कञ्चनपुरको एक वडा कार्यालयभित्र युवती मृत अवस्थामा भेटिएकी छिन्।  जिल्लाको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ। मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती रहेको खुलेको छ। प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच र मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ। माइती पक्ष पुगेपछि शव पोष्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ।

Read More

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्। पुनर्वास नगरपालिका ६ “ङ” गाउँ मनकामना टोलस्थित सडक खण्डबाट १९० मिलिग्राम खैरो हेरोइनसहित कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३९ वर्षीय योगेश भण्डारी र धनगढी उपमहानगरपालिका-४ उत्तर बेहडी बस्ने ३८ वर्षीय बल्देव बिष्टलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र शसस्त्र प्रहरीको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडाैं : रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु भएको छ। रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ। मंसिरमा भारत हुँदै रुसी सेनामा भर्ना भएका उनको मृत्यु भएको उनीसँगै रहेका साथीले घरसम्म खबर पुर्‍याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो। मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए। घनसिंहले रुस जानकै लागि ११ लाख रुपैयाँ ऋणसमेत लिएका थिए। परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ। योसँगै रुसी…

Read More

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकास्थित शैलेश्वरी खोलामा निर्माण भएको ट्रस पुल उद्धाटन गरिएको छ। नगरपालिकाको वडा नम्बर ७ मा रहेको सल्लागाउँस्थित शैलेश्वरी खोलामा निर्माण भएको पुलको उद्धाटन गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी र अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले पुलको सयुक्त रुपमा रिवन काटेर पुलको उद्धाटन गरेका छन। पुलको उद्धाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भण्डारीले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने पुलले आवतजावतमा निकै सहजता हुने अपेक्षा गरे। अमरगढी नगरपालिकाका मेयर जोशीले पुल निर्माण भएपछि अमरगढी नगरपालिका वडा नम्बर ७ संगै नवदुर्गा गाउँपालिकाका बासिन्दालाई पनि आउजाग गर्न सहज हुने बताए। ३७ लाखमा पुल निर्माणको कार्य सम्पन्न भएको अमरगढी…

Read More

काठमाडौं- आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। खेलम नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।  आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

Read More