धनगढी: नेपाल र भारतसँग सीमानाका जोडिएको भारतीय बजारमा एकजनाको दिनदहाडै गोली हानेर हत्या गरिएको छ। नेपाल-भारत सीमा रहेको वनवासाबाट ३० किलोमीटर टाढा रहेको भारतीय सहर उद्यमसिंह नगर जिल्लाको नानकमत्तामा एकजनाको गोली हानी हत्या भएको हो।
आज (बिहीबार) नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनाको अनुसन्धान गर्न एसआईटी गठन गरिएको छ। बाबा तरसेम सिंहलाई दुईजनाले गोली हानेर हत्या गरेका थिए।
अहिले मृतकको शव डेरामै ल्याइएको छ भने डेरामा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि पुगेका छन्।
यस्तै हत्याराको पहिचान भैसकेको वरिष्ठ भाजपा नेता भवानीसिंह भण्डारीले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार हत्यारा पन्जाव र विलाशपुरका भएको अनुमान गरिएको छ। उनीहरू केही दिनमै समातिने भारतीय प्रहरीको दाबी छ।
Facebook Comments Box